जरुवाटोलमा नकौली शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, जरुवाटोलमा निर्माण भएको नकौली शहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रमुख मीनाकुमारी लामासहितको टोलीले भवनको उद्घाटन गरेका हुन् ।

प्रमुख लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको आतिथ्यता रहेको थियो।

वडा अध्यक्ष न्यौपानेले नवनिर्मित भवनले शहरी स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्दै यो भवन स्वास्थ्य क्षेत्रमा थप प्रगति गर्न प्रेरणादायक हुने धारणा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.