देशको औद्योगिक क्षेत्र, सहकारी र सार्वजनिक सम्पत्तिमाथि पार्टी र नेताको गिद्धे नजर परेपछि सबै ध्वस्त

लेखक देवी प्रसाद गौतम

देशमा भएका उधोग धन्दाका बारेमा चर्चा गर्न मन लाग्यो।नेपालको एउटा शहर हेटौडामा पंचायतकालिन उधोग, कृषि जस्ता आत्मनिर्भर हुने खालका हेटौडा कपडा उधोग, हेटौडा सिमेण्ट उधोग, छाला जुत्ता कारखाना, कृषि तर्फ माछाप्लान लगायत थिए।अहिले ति कुन अवस्थामा छन भन्न सकिन्छ।नयाँ उधोग जस्तै सिबम् सिमेन्ट, रिद्दि सिद्दि सिमेण्ट त्यस्ता अन्य निजि उधोग पनि आए।सरकारी नष्ट गर्दै निजिकरण गरिए।केही निजिकरण गर्ने तयारीमा रहेका बिराटनगर जुट मिल्स गोरखकाली रबर उधोग उदयपुर सिमेण्ट हेटौडा सिमेण्ट उधोग लगायतका ६र७ वटा उधोगहरु बिचौलियालाई बिक्रि गर्न यो सरकारले अर्थमन्त्रीलाई अराएको रहेछ।हुनत बिधुत प्राधिकरण, टेलिकम बाँकी संस्था जस्ता सस्थान समेत निल्न लागेका थिए यिनले।अब इनस्योरेन्स कल्याणकारी कोष जस्ता संस्था छँदै छन।

अहिले उदयपुर सिमेण्ट उधोग, हेटौडा सिमेण्ट उधोग कौडिको भाउमा खान धरासायी बनाईदैछ।त्यसमा एमाले कांग्रेसका अधिकांश हाकिम कर्मचारीको सहयोग छैन भन्न सकिन्छ र र ?

स्कुल बिधालय कलेज मेडिकल कलेज खोलिए।ति राजनैतिक नामबाट खोलिए।बिपि मदन मनमोहन जस्तो नाम दिईयो।ति नेताको नाममा पार्टिका खल्तिबाट नियुक्ती गर्ने गरियो।गुणस्तर खस्काउने काम भएको छ।अस्पतालमा रगत तान्न नजान्नेलाई पार्टीको नामबाट झोलाबाट झिकेर नियुक्ति दिइन्छ।हुँदा हुँदा डाक्टर समेत यसो गरियो।राम्रालाई हटाउने र नराम्रालाई दिने गरियो।त्यो पनि मरेका नेताका नाममा अस्पताल खोल्यो नियुक्ति पार्टिको गर्ने।अब तपाई जनताले गुणस्तर कहाँ पाउनु हुन्छ।भएका बाटा घाटा अस्पताल कजेल नेताका नामबाट खोल्ने व्यक्ति पार्टीले नियुक्त गर्ने।अनि देश बनाउने यिनले।

वहुदल पश्चता सहकारीहरु खोले।पार्टिका झोले अध्यक्ष उपाध्यक्ष सचिव ऋण संयोजन भन्दै पार्टि पार्टिले आ-आफ्ना सहकारी खोले।बैक खोले कम्पनी बनाए।होटल खोले अनि लुटे।अहिले जनताले सहकारीमा जम्मा गरेको रकम अपचलन गरे चुनाव लडे।सासद बने।जनता सडकमा छ।सहकारी ठग कति जेल परे।कतिलाई पार्टीका नेताले जोगाएर राखेका छन।पति नेता।पत्नि सहकारीको अध्यक्ष।सहकारीको आठ करोड ठगी।कार्यकर्ता जोगाउँदै गृहमन्त्री।तरुण नेता संरक्षणमा भन्ने समाचार छापियो।भ्रष्टाचारमा दोषी ठहर जिल्ला सभापतीलाई कांग्रेस नेतृत्वको संरक्षण।बिधान बिपरित पदमै भन्ने समाचार पनि छापियो।सहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पक्राउ भन्ने पनि आयो।लेखा समितिको सभापतिको पत्नि सहकारीको अध्यक्ष रहिछिन।कालोसुचिमा रहेको सहकारी रहेछ।रकम तिर्न नसकेर राजिनामा दिएको रहेछ। गजव छ ।

उता दुधको आयात खोल्ने तयारी गरि रहेको सुनियो।नेपालको दुधको किसानको रकम तिर्न सकेको छैन।बिदेशी दुध किन ल्याउन दिने भन्ने हुन पर्ने।त्यो पनि राष्टनायकको सरकार भएको बेलामा।देश भक्त रे अझ।यसमा देउवा समेतको समर्थन होला। जग्गा दान गरेको बिषयमा कम्युनिष्ट भन्ने पार्टिका स्थायि समिति सदस्य बिन्दा पाण्डे के।स।उषाकिरणले बिरोध गर्दा स्पष्टिकरण सोधियो।ओलिका बिरुद्द बोल्ने खत्तम।

बैक पनि पार्टिको।रोड पार्टिको।अस्पताल पार्टिको।कलेज पार्टिको।अब भन्नुस्।देश बन्छ।देशको केही छैन।देश हरिकंगाल।जनता सुकुम्वासी तर्फ लम्कदैछ।पेशा व्यवसाय धरासायि छ।बैक बित्तिय संस्थाले जनताको सम्पति च्यापि रहेको छ।कर्जा तिर्न नसकेर पिडितहरुले संघर्ष चलाइ रहेका छन।

सर्वोच्चले भन्यो(प्र।ओलिले पार्टिका लागि जग्गा दानमा लिनु प्रथमदृष्टिमै कानुन बिपरित भनि अन्तरकालिन आदेश जारि गर्यो।यस बारे धेरै बिरोध भै रहेको छ।यो खुलमखुला घोटला हो भन्ने लाग्छ।चर्को बिरोध भै रहेको छ।

गोकर्ण रिसोर्ट कै शैलीमा विना प्रतिष्पर्धा २० वर्ष लिज अवधि थप्न टाउन डेभलपर्सको दौडधुप भन्ने समाचार छ।२०८३ चैत्रमा लिज अवधि सकिएपछि टेकु स्थित व्यपारिक कम्प्लेक्स काठमाडौ विजनेस पार्क नेपाल ट्रसमा आउँदै रहेछ। यसको मतलब २० सौ वर्ष खानको लागि ३ वर्ष अगावै घोटला गर्न लागियो भन्ने बुझ्न गारो छैन।

बैदेशिक रोजगारी र अध्ययनमा जानेको लर्को छ।मानव तस्करी भएको छ। बिदेशमा गएर दुख पाएर रुदै भिडियो पोष्ट गरिएको हेरिन्छ।तै चुप मै चुप छ सरकार।रेमिटान्स आयो भनेर सरकार मख्ख छ।त्यै पैसाले देश चालाइएको छ।बैदेशिक ऋण महिनाको अरव छ।गठबन्धन सरकारका १०० दिनमा खरब ऋण लिएका छन।लगभग २५ खरव ऋण नेपापलीको टाउकोमा छ।तलब भत्ता दिन सक्ने अवस्था नहुन सक्छ।यस अघि ओलीको सरकारले तलब भत्ता दिन नसक्ने अवस्थामा थियो।निर्वाचन पश्चातको सरकारले त्यो कुरा केही समाधान गरेको थियो।यो सरकार आएपश्चात पुन त्यही समस्या दोहोरिने संभावना देखिन्छ।पहिलेको सरकारले गरेको कामलाई मैले गरेको भनि हनिमुन पिरेडमा फेहरिस्ता फिजाइयो।त्यो सत्य थिएन।झुठ थियो।हेर्न लायक कुनै काम भएन।गरिएन।पहिलेको सरकारले भ्रष्टाचारिका बिरुद्द चलाएको फाइल यो सरकारले बन्द गरेको भन्ने छ।कहाँ के भै रहेको छ त्यो थाहा छैन।खुलम खुला अपराधिलाई संरक्षण गरिएको छ।सुख शान्तिको कुनै गुन्जाईस देखिदैन।

ताजा समाचार छ(एमाले सांसद एवं डिसहोमका अध्यक्षदेवी भट्टचनले सहकारीको ९८ करोड लगभग अरव रकम ठगी गरेको खुलासा भन्ने छ।त्यो घटना एमाले लुकाउन खोज्छ।प्रतिनिधि सभा सांसद रविलाई अनुसन्धानमा राख्छ।आन्दोलन चलाएको छ।यहाँ कोही चोखो देखिदैन।उता माओवादीका नेताको छोरा जो उपराष्टपति सम्मका छोराको नाम पटक पटक आइ रहन्छ।सुन काण्डमा त प्रष्टै आएको छ।

यि र यस्तो कृयाको लागि सर्वसाधारण जनताले संघर्ष गरेका थिएनन।जनताले उल्टो देख्न पाए।अब यि र यिनका बिरुद्द नयाँ क्रान्ति र नयाँ व्यक्ति नयाँ सोचको बिकास आवश्यकता छ।यहि संरचनाले परिवर्तन गर्न सक्ने देखिदैन।

यि र यस्ता जनचेतनाका लागि संप्रेषण गर्ने कार्यमा पुन म लागि परिरहने छु।सुझावका लागि तलको ठेगाना छँदैछ।अहिलेलाई यति।

(देवी प्रसाद गौतम
हेटौडा मकवानपुर, devi.gautamhtd@gmail.com

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.