मकवानपुर । मकवानपुर जिल्लाको दशौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार जिल्ला सभा सम्पन्न भएको हो ।
दशौँ जिल्ला सभालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्त्री तथा पूर्व मन्त्रीहरु, सांसद, मकवानपुर जिल्लाका विभिन्न पालिकाहरुका पालिका प्रमुख, उपप्रमुख लगायतका व्यक्तित्वहरु सहभागी भएका थिए ।
प्रतिकृया दिनुहोस्