सार्क राष्ट्र श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री को–को भागे, यी किन भागे, यिनको दोष के थियो भन्ने प्रश्न उत्पन्न भएको छ। कुरा सिधा छ । स्वर्गमा इन्द्रराजले सुन्दरीहरुसँग रमाएर आफ्नो राज्य कर्तव्य बिर्सेपछि उनीमा संकट पैदा भयो। श्रीलंकामा राष्ट्रपति हाउसमा स्विमिङ पुलमा जनताले साबुन लगाएर मस्तिसँग नुहाए । जनतालाई नि स्विमिङ पोखरीमा नुहाउन मन त लाग्दो रहेछ । त्यो जनता चैँ दोषी छैन त। पाए सबैलाई चाहिने रहेछ । यो मानिसको प्राकृतिक स्वार्थ हो। यस्ता अनेक स्वार्थ मानिसमा रहेको हुँदा यो ऐयासी जीवन कसले खोज्दैन र। पाए सबैले खोज्छन्। पुग्छ कि पुग्दैन त्यो बेल्लै कुरा हो । मर्निङ्ग वाक गरि हिँड्दा संगै हिँड्ने साथीले भन्नु भयो। लंकाका ति भगौडाले ५० अरव अमेरिकी डलर लगेको छ रे। बिदेशीसँग ऋण लिँदा रहेछन्।त्यो पैसा तिनीहरुले बिदेशमा राख्दा रहेछन् होला। भनिन्छ दक्षिण एशियाको लंका सुनको टुक्रा थियो रे।रे न हो।के था।नेपाल नि स्वर्ग भन्छन्।खै कहाँ छ स्वर्ग।यसको मतलव नचाहिने काम गरेसि हुने त्यही हो।
उता बेलायतका प्रधानले राजिनामा दिए। उनी युक्रेनी जल्लाद जेलेस्किसँग बाटोमा खुव फुर्ति ला र हिँडिरा थे।मुटु चैँ र छ भनेउ हामीले ।अनावश्यक रहेछ।आखिर कुर्सि गयो।युरोप भरि समस्या आयो। पुँजिपति दलालहरु यस्तै समस्या उत्पन गराउँछन्।समस्यामा दाउ लाउँछन्।कमाउँछन्। बेच्छन्।फेरि अर्को देशमा समस्या खडा गर्छन्। पुन कमाउछन्।
जापान यति धेरै धनी छ रे। आवेलाई गोली ठोक्यो।यो समस्या किन आयो भन्ने छ।त्यो अपराधी गिरोहको सदस्य रहेछ। जापानी असल नागरिकले बजायो।शक्तिशाली भएर नपुगेर गिरोहसँग किन साँठगाँठ गरेको भन्न मिल्छ।यो पनि नचाहिने काम थियो।
रुस युक्रेन झगडा भयो । हतियार दे को छ।पैसा दे को छ।फोकटमा दियो त। यसले के फाईदामा दे को हो।पत्ता लगाउनु बुद्दिमानी हुनेछ। दिने भनेको मायाले हो त होईन नि।के स्वार्थ छ भन्ने कुरा बुझ्न पर्दैन। हाम्रो देशले पनि अनेक रुपैया ले को छ।जे दियो त्यही सहि गरेको छ। पछि पुरै असुल गर्छ कि गर्दैन।आफ्नो देशमा उत्पादन बढाउनु निर्यात बढाउनु। बिदेशी मुद्रा संचित गर्नु छैन।
नेता र कर्मचारीले देश नोक्सान पारि रहेका छन।सांसद मन्त्री यीनैलाई चाहिएको छ।नाता गोता सबलाई पद-पैसा चाहिएको छ। संसद बिघटन गर्न रुचाउने एउटा पार्टी छ नेपालमा।संसदमा उठेर हिँडिहाल्ने।हाजिर गर्ने तलब भत्ता लिने।काम नगर्ने।कानुन कति निर्माण गर्नुछ।बन्न नदिने।यस्ता अपराधी भएसी देश लंका हुने नै हो। सत्य काम गर्नुस् सब ठिक भैहाल्छ।यहाँ सत्य गरिएकै छैन। उता बंगलादेशमा त्यस्तै भै रहेको छ।प्रमुखले देश छाडेर भाग्न पर्यो। जातिय युद्ध गराउन खोजियो।पाकिस्तान, श्रीलंका, वंगलादेश, म्यानमार नेपाल, अफगानिस्तान यतातिरका देशमा यस्तै बितण्डा गराइ रहेका छन्। अन्य देशमा पनि छ यस्तो।खास भन्नु पर्दा धन सम्पति मोजमस्ती ऐयासी रोमाञ्च गर्न मन लाग्ने रे छ।गाँजामा त्यस्तै छ।अरवमा तनाल गरि रहेको छ।ताईवान यस्तै छ।अपराध गर्ने र अपराध हुन निदेन बिच नै युद्ध हुने हो।कलियुगमा यस्तो हुनु सामान्य मानिन्छ।
बैदेशिक अध्ययनको लागि लाखौँ
विद्यार्थी बिदेश गै रहेका छन्।उनीहरुले पढ्नकै लागि नेपाली रुपैयाँ बिदेश लगि रहेका छन्।किन यस्तो भयो।देशमा अध्ययन गर्न राम्रो कलेज नभएर होला नि।उच्च शिक्षा छैन।२५ वर्ष सम्म नेपालमा पढ्यो।नोकरी छैन।उता काम पनि पाउने र पढन पनि।अनि जाने नै भयो। रुपैयाँ नि हुने । पढाइ नि हुने। अनि बिदेशमा नियम छ।पालना हुन्छ।शान्त छ।कम्तिमा आनन्दको सास फेर्न पाउँछ।अनि जान्छ।यहाँ बसेर नाजायत हैरानी पाउने हो।यहाँ पुलिसले दुख दिन्छ।कर्मचारीले अफिसमा गयो लोभ गरेकै छ।वडा कार्यालयतिर जनता जान्छ त्यहाँ ठूलो ठुलो कुरा गरि दिन्छ।केही नजानेको जस्तो गरि सिकाउँछ।जता जाउ हैरानी बाहेक केही पाउँदैन।कर बढेको बढ्यै छ।घट्ने त कुरै छैन।खर्च असिमित गरि दिने,राजश्व जनताको घाँटी थिचेर लिने गरियो।यिनको दिन धेरै छ जस्तो लाग्दैन।आयात त्यत्तिकै बढेको छ।महंगी अहिलेसम्मको उच्च छ।
भएभरका खेतियोग्य जमिन बाटो बनाएर जग्गा प्लटिङ गरेर दलेले सकि गो।भुमि ऐन नियम भु(उपयोग ऐन लागु हुन दिँदैन।अलि अलि गर्ला जस्तो हुन्छ अदालतले रोक्छ।बिमानस्थल बनाउन खोज्यो खर्च भै सकेपश्चात रोक्छ।विद्यूत टावर बनाउन लाग्यो रोकेको छ।कसले रोक्न लागाको हो।दक्षीण छिमेकी छ।उसले अहिले विद्यूत किन्न परेको झोक छ।पहिले सट्टा पट्टामा विद्यूत लाने लेउने थियो।अहिले दैनिक किनी रहेको छ।हामिले बेच्ने त्यही हो।श्रम बेचिरहेको छ।पहिले चेलि भारत जान्थे।अहिले अरब गै रहेका छन्।उता गएसि दुख दिन्छ रोई रहेको भिडियो हालेको छ।यस्तो बैराक लाग्ने अवस्था छ।सुन्दर देश नेपालको हविगत। सरकार बदलिसँगै कुलमान हटाउ अभियान चलाएको छ।नेपाली जनताले रोक्ने प्रयास गरि रहेको देख्न सकिन्छ।जनता रिसले चुर भएका छन।भ्रष्टहरु सरकारमा गए।अपराध गरेकाहरुको बहुमत छ सरकारमा।रातारात दुई ठुला दल मिले।यि किन मिले भन्ने कुरा भनिरहनु पर्ने छ जस्तो लाग्दैन।
भुटानी शरर्णार्थि काण्ड, सुन काण्ड, ललिता निवास काण्ड, छालाजुत्ता कारखानको जग्गा काण्ड, गिरिबन्धु टि जग्गा काण्ड, टिकापुर जग्गा काण्ड, काण्डै काण्डवाला सरकारमा छ।सम्पति छानविन गरिएमा सबै ठिक हुने थियो।लंका हुने थिएन।त्यो काम होला जस्तो छैन। सबका सवको छ सम्पति।सम्पति नहुने त्यो सत्तामा पुग्दैन।त्यो नपुगि छानविन हुने भएन।हुनेले छानविन गर्नै दिदैन। वास्ता नि गर्दैन।आफू परिन्छ । अब फसाद यहि हो।हामी पनि हैरान छौ।यि सबका सबको जाँचबुझ जसले गर्छ देश हाक्छ।जसले गर्दैन त्यसले लंकाको सामान गर्न तयार भएर बसे हुन्छ। जनताका अनेक आशाहरु थिए । व्यवस्था बदलि रहेतापनि आर्थिक रुपले प्रगति हुन सकेन।
यहि मौका छोपि धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनि पुराना नि तङ्गरिन खोजे जस्तो गरि रा छन। न तिनले केही गर्नु।हिजो देश उधोगति तिर लगेकै हुन् यिनले। फेरी आएर के गर्लान् तिनले। धार्मिक हिंसा फैलाएर देश दुर्गतितिर लाने प्रयास गरेको देख्न सकिन्छ। यो उपाय होईन।उपाय भ्रष्ट दलहरु चुनावमा हटाउने हो।हर्क बालेनको काम कस्तो जनताले देख्न पाएका छन्। अन्यको पनि छ। रेणु दाहालको काम उत्कृष्ट रहेको छ।अरु काजि पनि नभएका होईनन। ओलिले विद्यूत महसुल छुट दिन गरेको मौखिक निर्देशन पश्चात यिनले गालि खानु खाएका छन्। यो निर्णयबाट व्याक हुन पर्यो। कुलमान बिरुद्ध जाइलाग्न अरुलाई काम दिएका छन् यिनले। यिनि खासमा महाकाली सन्धिताका देखि नराम्री बिग्रेका रहेछन्। पश्चिमबाट घाम लाग्ने भो अब भन्दै कुर्लेको सुनिन्थ्यो। विद्यूत त आएन। १८ घण्टा लोडसेडिङ्ग गराए। इनभरटर सोलार व्याट्रि आयात भारतबाट गराए र कमिसन तन्त्रलाई बढवा दिएर देश कंगाल बनाए।यिनैलाई सत्ता दिँदा रे छन् जनता । भेडाहरु भनेर गणेशमानले भनेका थिए भनि अहिले जनता संझिरहेका छन्।पख न ८४ आओस् न भनि रिसले मुरमुरि रहेका छन। यसैमा धेरै लेखि रहनु पनियि र यस्ता जनचेतनाका लागि संप्रेषण गर्ने कार्यमा पुन म लागि परिरहने छु। सुझावका लागि तलको ठेगाना छँदैछ । अहिलेलाई यति ।
–देवी प्रसाद गौतम
हेटौडा मकवानपुर
प्रतिक्रियाका लागि–
devi.gautamhtd@gmail.com
9855073529