हेटौंडा । हेटौंडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौंडामा सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।
प्रतियोगितामा १२ वर्ष मुनिका महिला, पुरुष तथा १२ वर्ष माथिका महिला,पुरुष सहभागी भएका थिए । जस अन्तर्गत पुरुषतर्फ १२ वर्ष मुनि डिकन महतरा प्रथम, आयुस स्याङ्ग्तान द्धितिय भएका छन् । त्यस्तै १२ वर्ष माथि बज्र दोङ प्रथम, सुनिल लामा द्धितिय र आयुश रुम्बा तृतीय भएका छन् ।

महीला तर्फ १२ वर्ष मुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्धितीय, समिस्ता प्रधान तृतीय भएका छन् । १२ वर्ष माथी मुस्कान मगर प्रथम, नायना शाक्य द्धितीय, आयुश्मा शाही ठकुरी तृतीय भएका छन् ।

उक्त प्रतियोगितामा महिला तर्फ १२ वर्ष मुनि रश्मी सुचिकार, १२ वर्ष माथी निशिका लामा र पुरुषतर्फ १२ वर्ष माथी सुशिल श्रेष्ठ उत्कृष्ठ खेलाडी बन्न सफल भएका छन् ।

करिव १०० जनाको सहभागिता रहेको प्रतियोगितालाई मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानले उद्घाटन गरेका थिए ।































