हेटौंडामा विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

हेटौँडा । प्याब्सन नगर समिति हेटौंडाको आयोजना तथा प्याब्सन जिल्ला कार्यसमिति मकवानपुरको सहकार्यमा हेटौंडामा आगामी एसईई परिक्षा तयारी अगावै विद्यार्थी अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगर प्याब्सनका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख मोटीभेटर डाक्टर तारा प्रसाद गिरीले समय तालिका मिलाएर, ध्यान केन्द्रित गरेर पढ्न सके एसईई परिक्षा सजिलोसँग पास गर्नसक्ने बताए । उनले पढाइको बेलामा पढाइलाई नै फोकस गरेर पढ्दा नतिजा सोचेअनुसार आउने बताए ।

कार्यक्रममा १८ वटा निजि विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियोे । यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धिक विकास साथै पठन संस्कारको विकास हुने प्याब्सन नगर उपाध्यक्ष श्याम कुमार बानियाँले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.