मकवानपुर । हेटौँडामा किताब घरले पुस्तक वार्ता शुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडास्थित भैरव रोडमा रहेको पुस्तक घरको सभाहलबाट वार्ता शुरु गरिएको हो ।
पुस्तक बारेको वार्ताले पुस्तक पढ्ने संस्कारको विकास हुने र पुस्तक पढ्न रुचाउने पुस्तकप्रेमीहरुको जमघट हुने थलोको रुपमा पुस्तक घरलाई विकास गर्दै लान सके पुस्तक घर संचालनमा सहज हुने पुस्तक घरका संचालक छवि अनित्यले बताए ।
गत शुक्रबार पारिजातको जिवनीबारे लेखिएको पुस्तकबारे समिक्षा तथा वार्ता भएको थियोे । पुस्तक वार्तामा साहित्यकार रमेशमोहन अधिकारी, यश लामा, सानु खनाल, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, साहित्यकार तथा पत्रकार छबि अनित्य, पत्रकार जी. न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्