२०८१ श्रावण २८, सोमबार १२:२६ गते
२०८१ श्रावण २८, सोमबार १२:२६ गते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित राप्ती रिभर साइड पार्कमा बनेको फुल रोप्ने सिमेन्टको गमलामा सिमलटारका महिलाहरुले फुल रोपेको देख्दा वृक्षारोपण कार्यक्रम हो कि जस्तो देखिन्थ्यो । तर त्यस्तो कार्यक्रम केही नभएर आफ्नो ठाउँ सुन्दर देखियोस् भन्ने उदेश्यले फुल रोपेको विपन्न सहकारी संस्थाकी पुर्व अध्यक्ष समेत रहेकी वृद्धा दुदुमाया थापाले बताइन् । स्थानीय युवाहरुको सक्रियता, हेटौंडा उपमहानगरपालिकाको आर्थिक लगानीमा निर्मित पार्क अति रमणीय बनाइएको छ । राप्ती खोलाको सुन्दर दृश्य अवलोकन र खोलाको चिसो हावाको मजा लिन बस्ने ठाउँ, सेल्फी तस्बिर खिच्ने ठाँउ, पार्क वरिपरि सिमेन्टका कुर्सी राखिएको छ । राति झिलिमिली बल्ने बत्तीले पार्कको अझ रौनकता बढाएको पार्कका…