हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम हुने

मकवानपुर । हेटौँडामा विशेष ‘हास्य व्यङ्ग्यात्मक गाईजात्रा–२०८१’ कार्यक्रमको आयोजना हुने भएको छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को प्रवर्द्धनमा कार्यक्रम हुने भएको हो ।

शनिबार सिस्नुपानी नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको हो । कार्यक्रम आउँदो भदौ ३ गते ओम्याक्स सिनेमा हलमा आयोजना हुने सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीन प्रसाद लामिछानेले जानकारी दिए । कार्यक्रममा समसमायिक राजनीति र सामाजिक क्षेत्रका विकारका विरुद्धमा मनोरञ्जनात्मक क्यारिकेचर गरिने उनले बताएका छन् ।

कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर,प्यारोडि गायन, सामाजिक मुद्धामाथि प्रहसन नाटकीय प्रस्तुति, पेचिलो हास्यव्यङ्ग्यात्मक अन्तर्वाता, कविता र हास्यव्यङ्ग्ययुक्त बजेट भाषण लगायतका प्रस्तुतिहरु हुनेछन् । यसअघि संस्थाले नियमित रुपमा स्थापना दिवस, गाईजात्रा विशेष, भैरब जयन्ति, र देउसीभैलोको अवसरमा विशेष हास्यव्यङ्ग्यतत्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा सिस्नसपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देल, साहित्यसंगम मकवानपुरका सल्लाहकार , साहित्य संगम मकवानपुरका अध्यक्ष डि।वि बर्तौला, सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीन लामिछाने, साहित्य संगम मकवानपुरका सल्लाहकार सुवास खनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.