सज्जा चौँलागाईँको ‘एक्लै’ सार्वजनिक

मकवानपुर । गायिका सज्जा चौँलागाईको नयाँ गीत ‘एक्लै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथा बोकेका यो गीत सज्जाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

सज्जा र उनको ब्याण्ड ‘द लोडिङ’ ले तयार भएको गीतमा सज्जा र अभिनाश एसीको शब्द तथा संगीत रहेको छ । पेम्बा छिरिङ तामाङ र सज्जालाई म्युजिक भिडियोमा देख्न सकिन्छ ।

सन्जीत घिसिङको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सन्जीतकै छायाँकन र सम्पादन रहेको छ । हेर्नुहोस् म्युजिक भिडियो–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.