मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर ९ जैसिङबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ गाउँपालिका वडा नम्बर ३ लावती बस्ने १९ वर्षीय साजन प्रजालाई शनिबार बेलुकी गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट करिब ७० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ज्यामिरे नेवारपानीबाट खटिएको प्रहरीले उनलाई बोरामा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्