२०८१ श्रावण १३, आईतवार १९:३५ गते
२०८१ श्रावण १३, आईतवार १९:३५ गते
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको छ । थाहा नगर प्रमुख विष्णु विस्टको प्रमुख आतिथ्यतामा झण्डोत्तोलन गरिएको हो । झण्डा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा, हजुरआमा, मातापिताको नाममा आफ्नै आर्थिक सहयोगमा सहयोग गरेका हुन् । ऋषेश्वर टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र थोकरको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर उपप्रमुख भरत गोपाली, ४ नम्बर वडाध्यक्ष नारायण लामा, थाहा नगरका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, रोजगार संयोजक कुमार नेगी, नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्र मान प्रधान, माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा, झण्डोत्तोलन…