मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारस्थित संघसंस्थाका प्रमुखहरुलार्इ नेतृत्व विकास, संस्था संचालन तथा व्यवस्थापन तालिम सुरु भएको छ। आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौले शुक्रबारदेखि हेटौंडामा तालिम दिन सुरु गरेको हो ।
तालिममा हेटौंडा ११ सिमलटार टोल विकास संस्था, आमा समुह, योगा समुह, बालक्लब र गुम्बाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । यो सिमलटारको लागि दोस्रो चरणको विशेष तालिम हो ।
तालिमपछि नयाँ नेतृत्व चयन गर्ने योजना रहेको तालिम संयोजक उद्धवभट्टराइले जानकारी दिए । राम डङ्गोलको सहजीकरणमा भैरहेको तालिम १२ गतेसम्म चल्ने संयोजक भट्टराईले जानकारी दिए । तालिममा २५ जनाको सहभागीता रहेको छ ।
प्रतिकृया दिनुहोस्