Day: २०८१ श्रावण ११, शुक्रबार २१:१९ गते

सिमलटारका संघसंस्थाका प्रमुखलाई हेटौँडामा तालिम

सिमलटारका संघसंस्थाका प्रमुखलाई हेटौँडामा तालिम

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारस्थित संघसंस्थाका प्रमुखहरुलार्इ नेतृत्व विकास, संस्था संचालन तथा व्यवस्थापन तालिम सुरु भएको छ। आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौले शुक्रबारदेखि हेटौंडामा तालिम दिन सुरु गरेको हो । तालिममा हेटौंडा ११ सिमलटार टोल विकास संस्था, आमा समुह, योगा समुह, बालक्लब र गुम्बाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । यो सिमलटारको लागि दोस्रो चरणको विशेष तालिम हो । तालिमपछि नयाँ नेतृत्व चयन गर्ने योजना रहेको तालिम संयोजक उद्धवभट्टराइले जानकारी दिए । राम डङ्गोलको सहजीकरणमा भैरहेको तालिम १२ गतेसम्म चल्ने संयोजक भट्टराईले जानकारी दिए । तालिममा २५ जनाको सहभागीता रहेको छ ।
Read More
मकवानपुरगढी गाउँपालिकामा योजनाहरुको कार्यान्वयन अघि बढाउन फिल्ड सर्भे

मकवानपुरगढी गाउँपालिकामा योजनाहरुको कार्यान्वयन अघि बढाउन फिल्ड सर्भे

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा विनियोजन भएका योजनाहरुको कार्यान्वयन अघि बढाउन फिल्ड सर्भे भएको छ । संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत मकवानपुरगढी गाउँपालिका क्षेत्रमा विनियोजन भएका योजनाहरुको कार्यान्वयनका लागि प्राविधिकसहितको टोलीले आज फिल्ड सर्भे गरेको हो । फिल्ड सर्भेमा सडक डिभिजन हेटौंडाका प्राविधिक टोली सहित मकवानपुरगढी गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाईं, ५ नम्बर वडाका पुर्वअध्यक्ष जित बहादुर घिमिरे, संघिय सांसद महेश बर्तौलाका सचिवालयको तर्फबाट आशिष अस्लामी मगर, लगायत जनप्रतिनिधि तथा स्थानीय अगुवाहरु सहभागी थिए । मन्त्रलायबाट सहिद बासुदेब राजमार्ग अर्थात मकवानपुरगढीबाट इन्द्रसरोवरका लागि रु. १ करोड ६२ लाख तथा ज्यामिरे चन्द्रसुर्य सोलिथुम नरसिंह डाँडा…
Read More
हेटौँडा ७ मा बन्यो ज्येष्ठ नारिक मिलन केन्द्र

हेटौँडा ७ मा बन्यो ज्येष्ठ नारिक मिलन केन्द्र

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ मा ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमकाबिच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले भवनको उद्घाटन गरेका हुन् । ज्येष्ठ नागरिक मैत्री नगर निर्माणको लक्ष्य अनुसार भवन उद्घाटन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । केन्द्रको भवन निर्माणका लागि स्थानिय बलबहादुर तामाङले १ कठ्ठा जमिन दान गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा तामाङलाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो । १ कठ्ठा जमिनमा बनेको सुबिधा युक्त भवनमा ज्येष्ठ नागरिकहरुका लागि प्रयोग गरिने उपमहानगरपालिकाले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.