मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा विनियोजन भएका योजनाहरुको कार्यान्वयन अघि बढाउन फिल्ड सर्भे भएको छ । संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत मकवानपुरगढी गाउँपालिका क्षेत्रमा विनियोजन भएका योजनाहरुको कार्यान्वयनका लागि प्राविधिकसहितको टोलीले आज फिल्ड सर्भे गरेको हो ।
फिल्ड सर्भेमा सडक डिभिजन हेटौंडाका प्राविधिक टोली सहित मकवानपुरगढी गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाईं, ५ नम्बर वडाका पुर्वअध्यक्ष जित बहादुर घिमिरे, संघिय सांसद महेश बर्तौलाका सचिवालयको तर्फबाट आशिष अस्लामी मगर, लगायत जनप्रतिनिधि तथा स्थानीय अगुवाहरु सहभागी थिए ।
मन्त्रलायबाट सहिद बासुदेब राजमार्ग अर्थात मकवानपुरगढीबाट इन्द्रसरोवरका लागि रु. १ करोड ६२ लाख तथा ज्यामिरे चन्द्रसुर्य सोलिथुम नरसिंह डाँडा सडक मकवानपुरगढीको लागि रु. १ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।