मकवानपुर । एसईई परिक्षा २०८० मा सहभागी भई उत्कृष्ट भएका विद्यार्थी र विद्यालयलाई आज हेटौँडामा सम्मान गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मकवानपुरले आज मकवानपुर जिल्लाका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।
उत्कृष्ट विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेकी थिईन् ।
प्रतिकृया दिनुहोस्