Day: २०८१ श्रावण ४, शुक्रबार १८:४५ गते

थानाभर्याङमा सेफ होमको उद्घाटन

थानाभर्याङमा सेफ होमको उद्घाटन

जी.न्यौपाने, मकवानपुर । हेटौँडामा घरेलु हिंसा पीडित–प्रभावित महिला तथा बालबालिकाको लागिअल्पकालीन आवास गृह (सेफ होम) को नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित थानाभर्याङ्गमा निर्मित भवनको उद्घाटन बागमती प्रदेश समाजिक विकास मन्त्री कुमारी मुक्तानले रिबन काटेर गर्नुभएको हो । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगर नगरकार्यपालिकाको कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिव बद्रीनाथ गैरेको सभाध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री मुक्तानको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहाल , वडा सदस्य गोपिनी…
Read More
मकवानपुरका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

मकवानपुरका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

मकवानपुर ।  एसईई परिक्षा २०८० मा सहभागी भई उत्कृष्ट भएका विद्यार्थी र विद्यालयलाई आज हेटौँडामा सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मकवानपुरले आज मकवानपुर जिल्लाका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । उत्कृष्ट विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेकी थिईन् ।
Read More
हेटौँडा ४ र हेटौँडा १० बालमैत्री वडा घोषणाको अन्तिम चरणमा

हेटौँडा ४ र हेटौँडा १० बालमैत्री वडा घोषणाको अन्तिम चरणमा

चन्द्र घलान, मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका २ वडाहरु बालमैत्री वडा घोषणा गर्ने तयारीमा जुटेका छन् । हेटौँडाका ४ र १० नम्बर वडाले बालमैत्री घोषणाको तयारी गरेको हो । हेटौँडा १० का वडाअध्यक्ष फुर्वादोर्जे तामाङका अनुसार अहिले वडा नम्बर १० बालमैत्री वडा घोषणाको अन्तिम तयारीमा पुगेको छ । अब छिट्टै नै वडालाई बालमैत्री घोषणा गरिने उनले बताए । त्यसका लागि आवश्यक सुचकांकहरुको समेत लगभग सबै पुरा भएको उनले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ४ लाई पनि बालमैत्री वडा घोषणाको तयारी गरिएको लगभग अन्तिम चरणमा पुगेको छ । वडाअध्यक्ष नविन सिग्देलका अनुसार वडालाई बालमैत्री घोषणाका लागि आवश्यक सुचांकहरु पुरा भए–नभएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.