जी.न्यौपाने, मकवानपुर । हेटौँडामा घरेलु हिंसा पीडित–प्रभावित महिला तथा बालबालिकाको लागिअल्पकालीन आवास गृह (सेफ होम) को नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित थानाभर्याङ्गमा निर्मित भवनको उद्घाटन बागमती प्रदेश समाजिक विकास मन्त्री कुमारी मुक्तानले रिबन काटेर गर्नुभएको हो । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगर नगरकार्यपालिकाको कार्यालयको समन्वयमा कार्यक्रम भएको हो ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिव बद्रीनाथ गैरेको सभाध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री मुक्तानको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहाल , वडा सदस्य गोपिनी सापकोटा , गीता सुनार उपमहानगर पालिकाकी महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, सिविन बाल हेल्प लाइन हेटौंडाका प्रमुख झबिन्द्र ज्ञवाली लगायत सरोकार वाला संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियोे ।