चन्द्र घलान, मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका २ वडाहरु बालमैत्री वडा घोषणा गर्ने तयारीमा जुटेका छन् । हेटौँडाका ४ र १० नम्बर वडाले बालमैत्री घोषणाको तयारी गरेको हो ।
हेटौँडा १० का वडाअध्यक्ष फुर्वादोर्जे तामाङका अनुसार अहिले वडा नम्बर १० बालमैत्री वडा घोषणाको अन्तिम तयारीमा पुगेको छ । अब छिट्टै नै वडालाई बालमैत्री घोषणा गरिने उनले बताए । त्यसका लागि आवश्यक सुचकांकहरुको समेत लगभग सबै पुरा भएको उनले जानकारी दिएका छन् ।

त्यस्तै वडा नम्बर ४ लाई पनि बालमैत्री वडा घोषणाको तयारी गरिएको लगभग अन्तिम चरणमा पुगेको छ । वडाअध्यक्ष नविन सिग्देलका अनुसार वडालाई बालमैत्री घोषणाका लागि आवश्यक सुचांकहरु पुरा भए–नभएको विषयमा अन्तिम परिक्षणहरु सुरु गरिएको छ । हाल वडाले थप विषयहरुमा छलफल र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।
वडा नम्बर ४ ले केही दिन अघि मात्रै सुचकहरुको अन्तिम अवस्था, मापन स्थिति पत्र तयारी तथा घोषणापश्चात पञ्चवर्षिय रणनितिक योजना निर्माण कार्यशालाको समेत आयोजना गरेको थियो ।
वडा नम्बर १० ले पनि सुचकहरुको अन्तिम अवस्था, मापन स्थिति पत्र तयारी तथा घोषणापश्चात पञ्चवर्षिय रणनितिक योजना निर्माण कार्यशालाको समेत आयोजना गरिसकेको छ ।