हेटौँडा–१५ मा स्याउ खेतीको सुरुवात

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा स्याउको व्यावसायिक उत्पादन सुरु भएको छ। वडा नम्बर १५ स्थित सानोसुकौलीमा युवा उद्यमीहरूले ‘स्यामा बाटिका एकीकृत कृषि तथा पशुपन्छी फर्म’ स्थापना गरी स्याउखेतीको थालनी गरेका हुन्।

फर्मको निरीक्षणपश्चात् हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले युवाहरूको यस प्रयासप्रति खुसी व्यक्त गर्नुभएको छ। उहाँले युवा कृषकहरूको कर्मको प्रशंसा गर्दै उनीहरूलाई बधाई दिनुभएको छ। हेटौँडाको हावापानीमा स्याउको व्यावसायिक खेतीले कृषि उद्यमशीलतामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.