Day: २०८३ असार १५, सोमबार १३:११ गते

शिव परियारलाई ‘म्युजिक खबर दशक सङ्गीत सम्मान’

शिव परियारलाई ‘म्युजिक खबर दशक सङ्गीत सम्मान’

काठमाडौँ । गायक शिव परियार ‘म्युजिक खबर दशक सङ्गीत सम्मान–२०८२’ बाट सम्मानित हुनुभएको छ। १३औँ म्युजिक खबर म्युजिक अवार्डको समारोहमा पूर्व उपराष्ट्रपति परमानन्द झाले गायक परियारलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। नेपाली सङ्गीत क्षेत्रमा दुई दशकभन्दा लामो यात्रा तय गर्नुभएका परियारले यस सम्मानलाई आफ्नो सङ्गीतिक यात्राको महत्त्वपूर्ण उपलब्धि मान्नुभएको छ। “यो सम्मान मेरो मात्र नभई मेरा दर्शक तथा श्रोताहरूको माया र साथको प्रतिफल हो,” उहाँले भन्नुभयो। साथै, परियारले यस सम्मानले आफूलाई नेपाली सङ्गीतप्रति थप जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट साङ्गीतिक सिर्जना पस्किने प्रतिबद्धता जनाउनुभएको छ।
Read More
हेटौँडा–१५ मा स्याउ खेतीको सुरुवात

हेटौँडा–१५ मा स्याउ खेतीको सुरुवात

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा स्याउको व्यावसायिक उत्पादन सुरु भएको छ। वडा नम्बर १५ स्थित सानोसुकौलीमा युवा उद्यमीहरूले ‘स्यामा बाटिका एकीकृत कृषि तथा पशुपन्छी फर्म’ स्थापना गरी स्याउखेतीको थालनी गरेका हुन्। फर्मको निरीक्षणपश्चात् हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले युवाहरूको यस प्रयासप्रति खुसी व्यक्त गर्नुभएको छ। उहाँले युवा कृषकहरूको कर्मको प्रशंसा गर्दै उनीहरूलाई बधाई दिनुभएको छ। हेटौँडाको हावापानीमा स्याउको व्यावसायिक खेतीले कृषि उद्यमशीलतामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
Read More
वृद्ध दाहाललाई ह्विलचेयर सहयोग

वृद्ध दाहाललाई ह्विलचेयर सहयोग

हेटौँडा । हिँडडुल गर्न समस्या भएका ७५ वर्षीय सूर्यप्रसाद दाहाललाई ह्विलचेयर सहयोग गरिएको छ। हेटौँडा–११, सिमलटार निवासी दाहाल घरमा लडेर बायाँ खुट्टाको कट्टीको गेडी फुस्किएपछि ओछ्यानमै पर्नुभएको थियो। वडा सदस्य विकास नेपालको विशेष पहलमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त ह्विलचेयर उपलब्ध गराएको हो। वडा सदस्य नेपालले दाहालकै घरमा पुगेर ह्विलचेयर हस्तान्तरण गर्नुभएको हो। यस सहयोगले हिँडडुल गर्न असमर्थ दाहाललाई दैनिक जीवनमा ठूलो राहत मिलेको छ।
Read More
सञ्चारमाध्यमको भूमिका सशक्त हुनुपर्नेमा जोड

सञ्चारमाध्यमको भूमिका सशक्त हुनुपर्नेमा जोड

हेटौँडा । बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाका कामकारबाहीलाई थप प्रभावकारी, तथ्यपरक र निष्पक्ष रूपमा आम नागरिकसमक्ष पुर्‍याउन सञ्चारमाध्यमको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभएको छ। बागमती प्रदेशसभा सचिवालयले संसदीय पत्रकारहरूसँग आइतबार आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उपसभामुख चापागाईंले यस्तो बताउनुभएको हो। उपसभामुख चापागाईंले संसदीय पत्रकारहरूले प्रदेशसभाका गतिविधिहरूलाई जिम्मेवार र इमानदार ढङ्गले सम्प्रेषण गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले पत्रकारिता पेसा आफैँमा चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। साथै, संसदीय पत्रकारितामा व्यावसायिक सुधार र गुणस्तर अभिवृद्धिको आवश्यकता औँल्याउँदै प्रदेशसभा र सञ्चारमाध्यमबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने उहाँको धारणा थियो। बागमती प्रदेशलाई संघीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.