हेटाैडा । नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीको अध्यक्षमा कुमारी तितुङ चयन भएकी छिन । मकवानपुर जिल्लामा बिहीबार सम्पन्न भएको नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीको प्रथम समेलन बात कुमारी तितुङ सर्वसम्मत चयन भएकि हुन ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा काठमाडौं जिल्ला खेलकुद समिती कर्मचारी संघ अध्यक्ष तथा कराते प्रशिक्षक राधिका यर हिमाल थिइन भने अतिथिमा नेपाल स्केटिङ तथा स्केटबोडिङ संघका केन्द्रिय महासचिव सत्य थापा ,नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ बागमती प्रदेश अध्यक्ष बिकास लामा र सचीव श्रवण कुमार बर्तौला , विजय राज कार्न्जित लगायत रोहबरमा कार्यक्रम सम्पन्न गरियो।

प्रथम नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर जिल्ला समेलनले कुमारीको अध्यक्षमा ११ कार्य समिति गठन गरेका छन। समितिको उपाध्यक्षमा विशाल चौलागाईं र जय बहादुर थिकर साथै सचिव पदमा राहुल डिम्डुङ सर्वसम्मत चयन भएका छन यसै गरि कोषाध्यक्षमा लक्ष्मी गोले र सदस्यहरु बबिन लामा ,लवराज अधिकारी ,सागर राई,मित्रा प्रसाद गौतम ,किरन घिसिङ , मनिस खड्का गरि ११ कार्य समिती निर्माण गरेका छन। थप सदस्यहरु मनोनीत गरि सदस्य बढाउने कुरा सचिव राहुल डिम्डुङले बताए ।


































