हेटौँडाका राजेन्द्र ढुङ्गाना अडानको केन्द्रिय उपाध्यक्षमा निर्वाचित

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) को सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले मकवानपुरका राजेन्द्र प्रसाद ढुङ्गानालाई केन्द्रिय उपाध्यक्षमा निर्वाचित गरेको छ। लेखा परीक्षण क्षेत्रमा दशकौँदेखि सक्रिय ढुङ्गाना पेशागत रूपमा अनुभवी र योग्य व्यक्तित्वका रूपमा चिनिन्छन्।

त्यस्तै, महाधिवेशनले तेज प्रसाद आचार्यलाई केन्द्रिय सदस्यमा चयन गरेको छ। उनी पनि मकवानपुरकै प्रतिनिधित्व गर्दै अडानको नयाँ कार्यसमितिमा समावेश भएका छन्। दुबैजना लामो समयदेखि रजिष्ट्रड अडिटरको रूपमा सेवा दिँदै आएका छन्।

महाधिवेशनले बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा ८४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वले आगामी तीन वर्षभित्र लेखा पेशालाई थप व्यवस्थित, मर्यादित र समसामयिक बनाउने लक्ष्य लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.