Day: २०८२ जेष्ठ १९, सोमबार २१:०३ गते

हेटौँडाका राजेन्द्र ढुङ्गाना अडानको केन्द्रिय उपाध्यक्षमा निर्वाचित

हेटौँडाका राजेन्द्र ढुङ्गाना अडानको केन्द्रिय उपाध्यक्षमा निर्वाचित

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) को सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले मकवानपुरका राजेन्द्र प्रसाद ढुङ्गानालाई केन्द्रिय उपाध्यक्षमा निर्वाचित गरेको छ। लेखा परीक्षण क्षेत्रमा दशकौँदेखि सक्रिय ढुङ्गाना पेशागत रूपमा अनुभवी र योग्य व्यक्तित्वका रूपमा चिनिन्छन्। त्यस्तै, महाधिवेशनले तेज प्रसाद आचार्यलाई केन्द्रिय सदस्यमा चयन गरेको छ। उनी पनि मकवानपुरकै प्रतिनिधित्व गर्दै अडानको नयाँ कार्यसमितिमा समावेश भएका छन्। दुबैजना लामो समयदेखि रजिष्ट्रड अडिटरको रूपमा सेवा दिँदै आएका छन्। महाधिवेशनले बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा ८४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वले आगामी तीन वर्षभित्र लेखा पेशालाई थप व्यवस्थित, मर्यादित र समसामयिक बनाउने लक्ष्य लिएको छ।
Read More
हेटौंडामा प्लास्टिक बोत्तलसँग बिरुवा साट्ने अभियान सम्पन्न

हेटौंडामा प्लास्टिक बोत्तलसँग बिरुवा साट्ने अभियान सम्पन्न

हेटौंडा । विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा हेटौंडा उपमहानगरपालिका–९ मा “प्लास्टिकका बोत्तलसँग फलफूलको बिरुवा साट्ने अभियान” आज सफलता साथ सम्पन्न भएको छ। सप्ताहव्यापी कार्यक्रमको भागस्वरूप आयोजित उक्त अभियान टोल विकास संस्था नगर समन्वय समिति, उपमहानगरपालिका–९ को टोल विकास संस्था वडा समन्वय समिति र पशुपति हेल्थ क्लबको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि लामाले वातावरण संरक्षणका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई अत्यन्त प्रभावकारी बताउँदै अन्य वडाहरूमा समेत विस्तार गर्न नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गरिने…
Read More
कान्ति राजमार्ग ४ दिनसम्म बन्द हुने

कान्ति राजमार्ग ४ दिनसम्म बन्द हुने

मकवानपुर । कान्ति राजमार्गको सडक खण्डमा आगामी ४ दिनसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। कान्ती राजमार्ग सडक आयाेजना अन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधिन रहेकाे बेलीब्रिज जडान कार्यका कारण सवारीसाधन चल्न निषेध गरिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले साेमबार सूचना प्रकाशित गर्दै २०८२ साल जेठ २१ गतेदेखि २४ गतेसम्म राजमार्ग बन्द गरिने जानकारी दिएको छ। सो अवधिमा हेटौंडा–काठमाडौँ वा काठमाडौँ–हेटौंडा यात्रा गर्ने सवारीसाधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। यात्रुहरूलाई कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलद्वारा हस्ताक्षरित सूचनामा वैकल्पिक मार्ग प्रयोग गर्दा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.