१३१ बोतल लागुऔषधसहित हेटौंडा बसपार्कबाट एक युवक पक्राउ

मकवानपुर । मकवानपुरमा लागूऔषध ONEREX सहित एक युवक पक्राउ परेका छन्।

प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका–११ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क नजिक डेरा गरी बस्दै आएका २७ वर्षीय बिकास तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो।

जेठ १३ गते बिहान करिब ९:४५ बजे तामाङको डेरा कोठामा प्रहरीले खानतलासी गर्दा दराजभित्र जेब्रा झोलामा लुकाई राखिएको अवस्थामा लागूऔषध ONEREX–100 ML का १३१ बोतल फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी र कडा कारबाहीको प्रक्रिया जारी राखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.