हेटौंडा ३ आईतबार बालमैत्री वडा घोषणा हुँदै

मकवानपुर ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ माघ १३ गते आइतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा वडा अध्यक्ष ढलकबहादुर थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सुचक मध्ये ४९ वटा सुचक सत्प्रतिशत, एक वटा ९८ प्रतिशत, एक वटा ९५ प्रतिशत नतिजा हासिल गर्दै घोषणा गर्न लागिएको बताए ।

उनले वडामा १२ वटा बाल समूह र एक बाल सञ्जाल गठन गरि तीन सय ४१ बालबालिकाहरुलाई प्रत्यक्ष सहभागिता गराएर अभियान सञ्चालन गरिएको बताए । घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाभित्र ७९३ बालक र ७०५ बालिका रहेको उनले बताए । यस अघि पूर्ण खोप वडा घोषणा, पूर्ण साक्षर वडा, खुला दिशामुक्त वडा घोषणा भइसकेको अवस्थामा अब बालमैत्री स्थानीय शासन घोषणा हुने भएको हो ।

आइतबार नगरप्रमुख मीनाकुमारी लामाले बसामाडीमा रहेको महेन्द्रकिरण माध्यामिक विद्यालय परिसरमा बृहत समारोहका बीच घोषणा गरिने अध्यक्ष थापाले बताए । पत्रकार सम्मेलनमा वडाध्यक्ष थापा सहित वडा सदस्यहरु सविना विडारी, रत्नबहादुर ब्लोन, देवकी विक, हर्कबहादुर पाख्रीन, टोल विकास वडा समन्वय समितिका अध्यक्ष रोशन गोले, वडा बाल सहजकर्ता सविता विष्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.