Day: २०८१ माघ १२, शनिबार २१:२८ गते

शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने

शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । अधिवेशनले उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा चयन हुँदा सचिवमा गोपीरमण प्याकुरेल निर्वाचित भएका छन् । संगठनको कोषाध्यक्षमा भावना सापकोटा निर्विरोध भएका छन् । अधिवेशनले सह-सचिवमा सविता लामिछाने र सह-कोषाध्यक्षमा दिपेश लामा चयन भएका छन् । सदस्यहरुमा सविता तिमल्सिना, भरत पोखरेल,सरोज फुयाल, इश्वर आले, रत्नबहादुर स्याङ्तान,गिता पौडेल, लालुमाया रुम्बा,सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गिताकुमारी न्यौपाने, हरिहर खनाल लगाएत चयन भएका छन् ।
Read More
हेटौंडा ३ आईतबार बालमैत्री वडा घोषणा हुँदै

हेटौंडा ३ आईतबार बालमैत्री वडा घोषणा हुँदै

मकवानपुर ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ माघ १३ गते आइतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा वडा अध्यक्ष ढलकबहादुर थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सुचक मध्ये ४९ वटा सुचक सत्प्रतिशत, एक वटा ९८ प्रतिशत, एक वटा ९५ प्रतिशत नतिजा हासिल गर्दै घोषणा गर्न लागिएको बताए । उनले वडामा १२ वटा बाल समूह र एक बाल सञ्जाल गठन गरि तीन सय ४१ बालबालिकाहरुलाई प्रत्यक्ष सहभागिता गराएर अभियान सञ्चालन गरिएको बताए । घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाभित्र ७९३ बालक र ७०५ बालिका रहेको उनले बताए…
Read More
हेटौँडामा २४ सै घण्टा पानी वितरण गर्ने योजना बनाईँदै

हेटौँडामा २४ सै घण्टा पानी वितरण गर्ने योजना बनाईँदै

मकवानपुर । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले आफ्नो वर्तमान अवस्थाको विषयमा सरोकारवाला पक्षलाई जानकारी गराउँदै हेटौँडामा २४ सै घण्टा पानी वितरण गर्ने योजना बनाउने तयारी गरेको जानकारी दिएको छ । बोर्डले उपमहानगर क्षेत्रमा दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार १ सय १२ वटा धाराहरुमार्फत् ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । हेटौंडाको मुख्य बजारक्षेत्रमा २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको छ । बोर्डमा हालसम्म १६ वटा खानेपानी उपभोक्ता समितिहरु हस्तान्तरण भइसकेको छन् । सबै वडामा २४ सै घण्टा पानी वितरण गर्ने गरी बोर्डले योजना…
Read More
हेटौँडा १ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

हेटौँडा १ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मकवानपुर । हेटौँडा उपमहानगरपालिका १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। हेटौंडा १ को नकौलीमा गरिएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गरेकी हुन् । हेटौंडा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेको सभाअध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख मीनाकुमारी लामाले नगरले बालबालिकाकाको क्षेत्रमा खेल्नु पर्ने भुमिकामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरिन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा जनप्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
Read More
हेटौंडा-१२ ले बैंकलाई लिलामी प्रयोजनका लागि सिफारिस नदिने

हेटौंडा-१२ ले बैंकलाई लिलामी प्रयोजनका लागि सिफारिस नदिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाअध्यक्ष अर्जुन प्रसाद तिवारीले आफ्ना वडाबासीलाई घरबार बिहीन हुन नदिने बताएका छन् । उनले आर्थिक मन्दिको अवस्थामा बैंकको किस्ता बुझाउन नसकेका आफ्नो वडाबासीको धितो राखिएको घरजग्गा लिलाम गर्न मौका छोप्ने बैंकलाई वडा कार्यालयबाट सिफारिस नदिने बताएका हुन् । उनका अनुसार धितो लिलामी प्रयोजनका लागी वडा कार्यालयमा घरबाटो प्रमाणीतको सिफारिस लिन आएका कुनैपनि बैंकका प्रतिनिधिलाई सिफारिस दिइएको छैन । सम्बन्धित घरजग्गा धनी (ऋणी) लाई भने सिफारिस उपलब्ध गराउने उनले बताए । “बैंकले सिफारिस बिना मेरो वडाबासीको धितो राखेको घरजग्गा लिलाम गरेमा हेटौंडा १२ वडा कार्यलय कानुनी उपचारमा अघि बढ्छ ।”, उनले भने ” आर्थिक मन्दीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.