हेटौंडा-१२ ले बैंकलाई लिलामी प्रयोजनका लागि सिफारिस नदिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाअध्यक्ष अर्जुन प्रसाद तिवारीले आफ्ना वडाबासीलाई घरबार बिहीन हुन नदिने बताएका छन् । उनले आर्थिक मन्दिको अवस्थामा बैंकको किस्ता बुझाउन नसकेका आफ्नो वडाबासीको धितो राखिएको घरजग्गा लिलाम गर्न मौका छोप्ने बैंकलाई वडा कार्यालयबाट सिफारिस नदिने बताएका हुन् ।

उनका अनुसार धितो लिलामी प्रयोजनका लागी वडा कार्यालयमा घरबाटो प्रमाणीतको सिफारिस लिन आएका कुनैपनि बैंकका प्रतिनिधिलाई सिफारिस दिइएको छैन । सम्बन्धित घरजग्गा धनी (ऋणी) लाई भने सिफारिस उपलब्ध गराउने उनले बताए ।

“बैंकले सिफारिस बिना मेरो वडाबासीको धितो राखेको घरजग्गा लिलाम गरेमा हेटौंडा १२ वडा कार्यलय कानुनी उपचारमा अघि बढ्छ ।”, उनले भने ” आर्थिक मन्दीको अवस्थामा बैंकको कारण मेरो वडाबासीलाई घरबार बिहिन हुन दिन्न।”

उनले थपे “तिर्छु भन्नेलाई मौका दिनुपर्छ, यदि लिलामी अथवा जुनसुकै प्रयोजनका लागी घरजग्गा धनी आफैं आएर सिफारिस माग गर्छ भने उनीहरुलाई दिन्छौं तर बैंकको प्रतिनिधिलाई सिफारिस दिँदै दिन्न।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.