महान शहिद कमरेड रुद्र दाजुप्रति समर्पित

लेखक देवी प्रसाद गौतम

श्रदा छ रुद्र दाजु । आज हजुरको शालिकमुनि म पुगेथेँ। त्यहाँ तपाईका भन्ने केही थान मानिस पनि पुगेथे। ति, म रुद्र दाजुको पार्टी नेता भन्दै थिए । तर ति तपाईका चाहाना बमोजिमका मानिस कमै थिए । तपाईलाई नभेटे नदेखेको पनि धेरै वर्ष भयो । तपाईको गाउँका मानिस गाउँको उपराष्ट्रपति सम्म भए । तपाईकै मानिस आज प्रमुख पदमा आशिन भै राखेका छन् । कोही सांसद भए।कोही मन्त्री पनि भै सके । तपाईलाई संझना गर्न भनि वर्षको एक पटक शालिकमुनि मानिस जम्मा हुन आह्वान गरिन्छ। तर तपाईको परिसरमा सरसफाई हुदैन। बडार कुडार सम्म हुदैन । रंग रोगन छैन।तामाको ठुला गाग्रीमा पानी भरेर फुलका गुच्छा राखेको पनि हुँदैन ।गेट सजिसजावट पनि छैन। सबै ठाँट सजिएर आउँछन् ।

तपाईले पटपटि फुटेका खुट्टामा लगाउने ति छालाका जुत्ता अनि साइकल लिएर कोहि आउँदैन । सजिसजावट भै कोहि सेतो सारीमा सजिएर आउँछन। कोही चिल्ला दाग लाग्ला जस्ता सेन्ट छर्केका सिसाबाट मानिस नदेखिने सवारीमा सवारी हुन्छन। अनि पहिरन त्यस्तै खालको हुन्छ। तिनका जुत्ता पाँच हजार भन्दा बढि मोल पर्ने खालका हुन्छन । कार्यक्रम सकिनै लाग्दा य त्यहाँ चिया पाक्छ भन्ने आवाज सुनिन्छ। शालिकै मुनिको चिया पसले बोल्दैन। वर्षदिन भरि भेट भएको ठाउँमा तपाईको गाउँका सहपाठी भेटिदैन। केही थान लामिछाने भेटे। भाउजु पनि देखिन। नाति नातिना पनि देखिन। इन्द्र दाई पनि देखिन। ति पनि गाउँका सोझा हुन।

एउटा छोरा बिदेशिएको भन्ने सुने। रामशरण दाई पनि जानु भयो।यहाँ हुनुहुन्न। ति भएको भए तपाईको वर्ष दिनमा संझने काम झकि झकाउ हुने थियो कि बरु। ति राम शरण दाजुका साथमा भएका तपाईको सरसामान खोजी निति गर्ने कोही छैन अब ति सामान हराउँछन होला। तपाईका गाउँका किसान मजदुर खालका मानिस पर परबाट को आएको होला भनि हेरि रहेको देखेँ। ति वर आएनन।तिनलाई कसैले वास्ता पनि गरेन। तपाईहरुलाई कस्तो छ भनेर कसैले सोधेन। म हेरि रहेँ। तिनका अनुहार। कार्यक्रम सकियो। फुत्त फुत्त मानिस हराए। अनि तपाई त्यहाँ एक्लै हुनु भयो। भन्दै थिए।तपाईलाई राम्रो मानिस थियो। कसैलाई नबिजाउने । असल थियो।जनताको प्यारो थियो। आज तपाई भैदिएको भए बेग्लै हुने थियो।

तपाईका मानिस गाउँको ठुलो पदमा पुगेको छ अहिले। तैपनि त्यहाँ तपाईलाई गोली ठोक्ने महान सेना, प्रहरी बोलाइएका थिएनन।तिनलाई बोलाएर तपाईको शालिकमा माला लगाउन लगाएको भए कम्तिमा तपाईलाई सान्त्वना हुने थियो कि भन्ने पो लाग्यो। देश बिदेशमा चर्चा हुने थियो। तर त्यता कसैको ध्यान भएन। अनि गाउँमा कर्मचारी पनि थिए होला गणतन्त्रको चास्नी खाइ मोटाएकाहरुलाई पनि बोलाइएन। केवल केही मानिस जम्मा भए।माला लगाए। फोटा खिचे।

मोबाइलमा श्रद्दान्जली लेखे। त्यही भएपनि तपाईलाई संझिए। यतिको बुद्दी कसैले दिएन। हाम्रो कुरा तिनले सुन्न छाडे। तपाईको चाहाना बमोजिम ति मानिस कदापी छैनन। अपवादमा भन्ने कुरा भएन। असल कमसल त हुने नै भए। असल कम आए। किन कि त्यहाँ स्वार्थिहरुको भिड बढी भयो। असल बिच्किए । तपाईसँग गाउँका कुना काप्चा हिड्ने साथीहरु अहिले शहर तिर आएर घरवार दरवार बनाएर बस्न थालेका छन। ति तपाईका भावना माथि खेलवाड गरि रहेका छन। पटक्कै सुहाउने कुरा छैन। अब तिनले गर्ने भनेको मुख्य काम छोरा छोरी बिदेश पठाउने हो। वृद्ध अवस्थामा एक्लो जिवन बिताउने हो।

तपाईको बलिदानबाट बल्ल बल्ल निर्मित संविधान कुल्चनेहरु नै अहिले सत्तामा पुगेका छन। सत्तामा बसेर मनपरि गरिरहेका छन। देश कंगाल बनाउँदै छन। जनता खान नपाइने हो कि भन्ने आशंकामा भौतारिन वाध्य छन। युवा बिदेशिएका छन। गाउँमा वृद्द बृद्दा मात्र हुने अवस्था छ। किशोरकिशोरीहरु खाडि मुलुकतिर लागे।त्यहाँ दुख पाएर रोइ कराइ गरि रहेका छन। गाउँमा खेतवारी बाझो छ। अहिले त वादर दुम्सिले खेतिपातीका अन्नपात फलफुल खाइ दिने गरेको छ। किन कि गाउँमा मानिसै बस्न छाडे। गाउँघर भनै अझ हिमालमा झन मानिस कम भए।

हिजो तपाईका सुराकि गर्ने सत्तामा पुगेका छन। ति दुवै मिले। राजा हटे पनि ति आज राजा भएका छन। हिजो राजाका गुनगान गाउँथे ति। तिनको मुखमा कानुन छ। संविधान कानुन मान्न छाडे। आफ्नै कानुन अध्यादेश ल्याउने बानी परेको छ। संसद र जनतासँग बात मार्न गारो मान्न थाले। लुकि लुकि हिडेको देखिन्छ। जनताको अगाडी आउन पनि डराएका छन। पैसा वोरामा राख्न थाले। बैक धनि बने।हिजोका सामन्ति ति भए। जनताका घर जग्गा लिए। लिलाम गरि तिनलाई झन गरिव बनाउँदै छन। सहकारीको रकम मनपरि झिकेर चुनाव लडे। पत्नि सहकारीमा राख्ने। रकम झिक्ने। चुनाव लडने गरेको रहेछ। त्यो रकम नपाएर जनता निरास भए।

तपाईका उद्देस्य बोकेका नेताको छोरा कोही सुन तस्करिमा लागे।कोहीले शक्ति र पदको दुरुपयोग गरि नेपाली नागरिकलाई भुटानी बनाई मानिस बेच्न थाले। कोहीले गिरिबन्धुमा घोटला गरे। वाइडबढीमा घोटला गरे। कोही दुश्मन पार्टिमा गए। लिडरलाई धम्क्याउने पद खाने गरे। अपराधीहरुले नेतृत्वलाई घेरामा पारेर फाइदा लिए। आवाज उठाउने ति नेता कार्यकर्ता निकालिन थाले।तिनले पद नदिए, नपाए पार्टि छाडे। फेरि आए। फेरी पद खाए।कोहि पिए बने। कोही स्वकिय बने। तिनले बिचौलियाको काम गरे।यति खाएकी घिन लाग्ने गरि खाए। राजाले एशियाली मापदण्डमा पुराउँछु भन्थे। ओलि बा ले देशको ऋण पच्चिस खरव पुराए।
देश उज्यालो बनाउने कुलमान जिलाई धम्की दिए। खोला नालाको पानी बगेको देख्न सकेन भातरतले। तिनले प्रगती उन्नती गरेको देख्न सकेनन अपराधिले। हाम्रो भएको नै जल जमिन जंगल जडिबुटी हो।त्यसमा गिद्धे दृष्टि छ। देशका नेता भनौदाहरु कमिसनका भरमा काम गरि रहेका छन।

बिदेशमा यिनको कमिसनको कालो धन रहेको वारम्वार खवर आइ रहन्छ।कसको कति छ भन्ने कुरा खोजि सरकार गर्दैन। किन कि उ आफै फस्छ। अब को को फस्छ भन्ने छ। जो पनि फस्न सक्छ।

यो लेख महान शहिद कमरेड रुद्र दाजुप्रति समर्पित छ।
यि र यस्ता बिचार भाव संप्रेषण गर्ने कार्यमा म लागि परिरहनेछु।सुझावका लागि तलको ठेगाना छँदैछ। अहिलेलाई यति।

-देवी प्रसाद गौतम हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.