मकवानपुर । बिरगंज कृषि औजार कारखाना संचालन गर्ने उदेश्यले महाविर पुनद्वारा लिखित आत्माकथा पुस्तक मकवानपुर जिल्लामा करीब ८ हजार थान बिक्री भएको अनुमान गरिएको छ । नेपालका आविष्कारक महाविर पुनले सामान्य भेषमा आफू स्वयं उपस्थित भै पुस्तक बिक्री गर्दा आफ्नो अभियानमा सबै जिल्लावासीहरुले किताब खरिद गरि साथ दिएको बताए ।
वि.सं. २०८१ साउन २६ गते मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा किताब बिक्रि गर्न शुरु गरेका पुन भदौ १ गते हेटौंडाको बुद्ध चोकमा पुस्तक बिक्री गर्न आइपुगेका हुन् । पुस्तक बिक्री गर्ने क्रममा पुन र उनको टोली बकैया, बागमती, भिमफेदी लगायत हेटौंडाका केही स्कुल, कलेज, संघ–संस्थामा पुगेका थिए । उक्त स्थानहरुमा पुस्तक राम्ररी बिक्री भएको सहकर्मी दिनेश लामा बलले जानकारी दिए ।
मकवानपुर जिल्लावासीहरुले महाविरको पुनको किताब किन्न साथ दिएको बताए बलले बताए । मकवानपुर जिल्लाको कस्तो किसिमको साथ रहयो भन्ने प्रश्न को जवाफ दिँदै पुनले भने–‘‘मकवानपुरमा मात्रै होइन अहिलेसम्म नेपालका ३४ जिल्ला घुमिसकेको छु । जनताले मलाइ सबै ठाउँ, जिल्ला र नगरमा साथ दिएका छन् । जनताले नचिनेको भए यति धेरै पुस्तक बिक्री गर्ने अवसर मिल्दैन थियोे ।’’ लेखक पुनले बताए ।
पुन भदौ १४ गतेसम्म मकवानपुर जिल्लामा बसेर पुस्तक बिक्री गरि अन्य जिल्लामा अभियानका लागि प्रस्थान गरेको बताइएको छ ।