बागमती प्रदेशमा द्रुत प्रतिकार्य टोली गठन

मकवानपुर । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले द्रुत प्रतिकार्य टोली (क्वीक रेस्पोन्स टीम–क्युआरटी) गठन गरेको छ । मुख्य प्रदेश लोकमार्ग तथा प्रदेश मार्गहरु सक्रिय मनसुनजन्य तथा अन्य प्राकृतिक विपदका कारणबाट आपतकालीन आवागमन र न्युनतम सुचना प्रवाह तथा समन्वयको अभावले प्रदेशवासीसहितका जनसमुदायले सास्ती खेप्नुपरेको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले क्युआरटी गठन गरेको मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए ।

बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै सचिव श्रेष्ठले टोलीमा १ जना संयोजक र ४ जना सदस्यसहित गरी ५ जनाको रहेको बताएका छन् । यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुष्कर प्रसाद पोखरेलको संयोजकत्वमा टोली गठन भएको हो । सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, विपद फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन,अधिकृत स्तरको प्रतिनिधि हरी प्रसाद ओझा र कार्यालय प्रमुख गरी ५ जना रहेका छन् ।

टोलीले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरुको पहिचान गर्ने कार्य निरन्तर गर्ने, सुचना सम्प्रेषण गर्ने, बैकल्पिक मार्ग पहिचान गर्ने, अन्तरनिकाय समन्वय गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र छिटो सुचारु गर्ने, स्रोत व्यवस्थापन गर्ने लगाएतका कार्यहरु गर्नेछन् ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री अमन कुमार मास्केले क्युआरटी टिमले जनतालाई मात्र सचेत नगरी सरकारसमेत लाई उत्तरदायी बनाउने विश्वास लिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.