‘योगदान राष्ट्रको लागि’ को हेटौँडा नगर कमिटी गठन

मकवानपुर । ‘योगदान राष्ट्रको लागि’ संस्थाको हेटौंडा नगर कमिटी गठन गरिएको छ । सोमबार हेटौंडा–५ स्थित सिटी कलेज मकवानपुरको सभाहलमा आयोजित भेलाले बेलप्रसाद खतिवडालाई संयोजक र सफल दुतराजलाई उपसंयोजकमा चयन गरेको हो ।

योगदान राष्ट्रका लागि मकवानपुरका अध्यक्ष पदम प्रसाद (मिलन) सेढाईको अध्यक्षता र योगदान राष्ट्रका लागि केन्द्रीय सदस्य एवं मकवानपुरका पूर्व अध्यक्ष रुपक कालिराजको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विजय बजगाईंले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै सचिव मनिष अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । योगदान राष्ट्रका लागि मकवानपुरका सल्लाहकार, आजीवन सदस्य, जिल्ला सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, योगदानकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

योगदान राष्ट्रका लागि, प्राथमिक उपचार तालिम दिई देशमा आइपर्ने विपद, महामारी, दुर्घटना तथा आपत्कालीन अवस्थाका लागि जनशक्ति विकास गर्ने र स्वतन्त्र स्वयंसेवक तयार गरी समाजमा योगदान दिने उद्देश्यले स्थापित गैरनाफामूलक संस्था हो । यो संस्थाले २०७४ सालदेखि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.