सौर्य एयरलाइन्सको जहाज दुर्घटना, १५ जनाको मृत्यू, ४ को उद्वार

तस्बिर–नेपाल प्रहरी

मकवानपुर । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । जहाज विमानस्थलको पूर्वी क्षेत्रमा दुर्घटना भएको हो ।

जहाजको अधिकांश भाग जलेको छ । अहिले उद्वार कार्य जारी रहेको छ । जहाजमा चालक दलका सदस्य, इन्जिनियर लगायत १९ जना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । जहाजमा भएका १५ जनाको ज्यान गएको र ४ जनाको उद्दार गरिएको बताइएको छ । जसमध्ये ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने १ जनाको केएमसीमा उपचार भइरहेको छ ।

विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.