हेटौँडामा लुमन्तीको नेतृत्व विकास तालिम सुरु

मकवानपुर । हेटौँडामा लुमन्तिको नेतृत्व विकास तालिम शुरुभएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटार टोल विकासमा रहेको समूह, समुदायलाई लक्षित गरि तालिम दिइएको हो ।

आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौ र हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको संयुक्त आयोजना तथा फ्रेस वाटर एक्सन नेटवर्क साउथ एसिया, खानेपानी सरसफार्इ तथा उपभोक्ता महासंघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

दिगो विकास लक्ष्य हासिल गर्न दक्षिण एसियामा नागरिक संजाललाई सबलिकरण गर्दै अधिकारकालागि अघि बढौँ परियोजना अन्तरगत समूह व्यवस्थापन तथा नेतृत्व सीप विकास तालिम दिइएको लुमन्तिका कार्यक्रम संयोजक उद्घव भट्टराईले जानकारी दिए । राम डंगोलको सहजीकरणमा भैरहेको तालिममा सिमलटारका ४५ जना सहभागी छन् ।

साउन ९ गते सम्म चल्ने तालिममा हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा, हेटौंडा ११ का वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, सुन्दर ढोका साथी सेवाका कैलाश गाउँपालिका कार्यक्रम संयोजक राम पार्की लगायतको आतिथ्यता रहेको थियोे । तालिम सिमलटार टोल विकास संस्थाका सदस्य छेगु गोलेको सभाध्यक्षतामा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.