मकवानपुर । नेपाल विद्यार्थी संघ वन विज्ञान संकायद्वारा फरेष्ट्री पढ्न आएका नयाँ तथा पुराना विद्यार्थीलाई क्याम्पसभित्र स्वागत, सम्मानसहित सांस्कृतिक कार्यक्रम गरेको छ ।
नेविसंघ वन विज्ञान संकायका सभापति ऋषिराम रेग्मीको सभाध्यक्षता तथा काग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सोमबार वन विज्ञान संकायमा विएस्सी फरेष्ट्री पढ्न आएका प्रथम वर्ष २०८०–०८४ ब्याजका विद्यार्थीहरुलाई प्रमाणपत्रसहित स्वागत तथा पुराना २०७६–०८० ब्याजका विद्यार्थीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेशसभा सदस्य मिनकृष्ण महर्जन, नेपाल तरुण दल केन्द्रीय सदस्य राजेश भेटवाल, जिल्ला सदस्य राजु खतिवडा, नेविसंघ जिल्ला सचिव आशिष बास्तोला, वनविज्ञान अध्ययन संस्थान फरेष्ट्री क्याम्पसका सहायक क्याम्पस प्रमूख राजेश सिग्देल, स्ववियु सभापति दीपेन्द्र कंडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वनविज्ञान संकायका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीसहितको कार्यक्रममा नेविसंघमा लामो समय योगदान पुराएका कांग्रेसका जिल्लास्तरीय नेता, वनविज्ञान अध्ययन संस्थानमा प्राध्यापन गराउँदै आएका प्राध्यापक, तरुण तथा विद्यार्थी नेताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।