सिमलटार साधना केन्द्रमा गुरुपूर्णिमा मनाईयो

मकवानपुर । पातन्जल योग सिमल्टार साधना केन्द्रले गुरुपुर्णिमा मनाईएको छ । योगाको माध्यमद्वारा स्वास्थ लाभको अभ्यास गर्दै आएको साधना केन्द्रले गुरुको सम्मानमा गुरुको फोटोमा माल्यार्पण पुष्पगुच्छा चढाएका थिए ।

हेटौंडा ११ सिमल्टार साधना केन्द्रकी अध्यक्ष रजनी श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा पातन्जल योगकी बागमती प्रदेश सदस्य सीता श्रेष्ठ, जिल्ला अध्यक्ष लक्ष्मी कंडेल, हेटौंडा १ , चाइनाक्वाटर साधना केन्द्रका अध्यक्ष मानबहादुर लामा, समाजसेवी महेन्द्र राउत, सिमलटार टोल विकास संस्थाकी सदस्य सारदा शर्मा लगायतको आतिथ्यता रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.