नगर प्रमुख लामाद्वारा हेटौँडाका निजी अस्पतालको निरीक्षण, गुणस्तरीय सेवामा विशेष जोड

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो स्वीकृतिमा सञ्चालनमा रहेका निजी अस्पतालहरूको अनुगमन अभियान सुरु गरेको छ। स्वास्थ्य संस्थाहरूले तोकिएका मापदण्डअनुसार नागरिकलाई सेवा प्रवाह गरिरहेका छन् वा छैनन् भन्ने विषयको यथार्थ मूल्याङ्कन गर्ने उद्देश्यले नगर प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा मंगलबार तीन वटा निजी अस्पतालहरूको स्थगतर निरीक्षण गरिएको छ।

अनुगमन टोलीले हेटौँडा–६ स्थित सिद्धस्थली कम्युनिटी अस्पताल, हेटौँडा–२ मा रहेको निको अस्पताल र हेटौँडा–१ स्थित हेटौँडा सिटी अस्पतालको प्रत्यक्ष निरीक्षण गरी सम्बन्धित अस्पताल व्यवस्थापनसँग विभिन्न विषयमा गम्भीर छलफल गरेको छ।

यस अनुगमन टोलीले मुख्य रूपमा प्रयोगशाला (ल्याब) सेवाको व्यवस्थित सञ्चालन, समग्र सेवाको गुणस्तर, भौतिक पूर्वाधारको अवस्था तथा स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना भए नभएको विषयलाई प्राथमिकतामा राखेर जाँच गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.