‘ओलीको घमण्डले विषम् परिस्थिति’

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मकवानपुरका अगुवा कार्यकर्ताहरुस“ग शनिबार भेट गरेका छन् । हेटौंडा–४ स्थित भैरवरोडमा रहेको पार्टी कार्यालयमा नेपालले पार्टीका अगुवा कार्यकर्ता भेटेका हुन् ।

पार्टी जिल्ला उपाध्यक्ष ध्रुवबहादुर भुजेलको सभाध्यक्षतामा राखिएको भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष नेपालले चुनावको तयारी गर्न निर्देशन दिए ।नेपालले राज्य विषम् परिस्थितिमा रहेकोले सिंगो नेपाली जनता चनाखो भएर बस्नुपर्ने बताए । उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा अन्य शक्तिहरुले घुसपैठ गरी देशका अत्यन्त महत्वपूर्ण संरचनाहरुमा आगजनी, तोडफोड, मानिस मार्ने काम भएको भन्दै यो अत्यन्त निन्दनीय रहेको बताए ।

जेन्जी आन्दोलनमा जति कलिला विद्यार्थी र प्रहरीहरुले ज्यान उत्सर्ग गरे, ती सबै शहीदहरुप्रति श्रद्धा व्यक्त गर्दै उनले जेन्जीहरुका जायज माग पूरा हुनुपर्ने बताए । नेपालले केपी ओलीको घमण्डले देशमा विषम् परिस्थिति सिर्जना भएको दाबी गर्दै देशलाई यस्तो अवस्थामा पु¥याइए पनि ओलीको दम्भ नघटेको बताए । नेपालले पार्टी एकताको सवालमा भने मसिनोढंगले गृहकार्य भइरहेको बताए ।

भेट कार्यक्रममा पार्टी केन्द्रीय उपमहासचिव रामकुमार भट्टराई, स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी, पोलिट्ब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सल्लाहकार यादब गजुरेल, प्रदेश सदस्य माधब तिमल्सिना, पार्टी जिल्ला सचिव किशोर बर्तौला र युवा नेता किशोर टण्डनलगायतको उपस्थिति थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.