मगन्ते नेताको खोक्रो आन्दोलन र किसानको वास्तविक मुद्दा

ए मूर्ख हो, तिम्रो आन्दोलनको के अर्थ छ?यहाँ तिमी विदेशी गाडी चढेर, सुकिलो लुगा ओढेर, च्यातिएका लुगा लगाएका नेपालीको सामु सम्पन्न देखिन्छौ, तर विदेशी सामु तिमी मगन्ते मात्र हौ।तिमी कहिले इजरायलमा मजदुर पठाउनुपर्छ भन्दै राजदूतको शरणमा पुग्छौं, कहिले रुसमा विद्यार्थी छात्रवृद्धीमा पढाउन,कहिले भारत त कहीले अमेरिकामा। तर तिमीले सोचेनौ तिम्रो आन्दोलनको तरिकाले त्यो देशमा रोजीरोटी सँग जोडिएका नेपालीको पीडा । तिमीमा अझै पनि एनजीओ र आइएनजिओको धङधङ्गी छ ,तिमी त्यतीमै सीमित रहदैनौं व्यक्तिगत स्वार्थका लागि कहीले देशकै अस्तित्व दाउमा राखेर विदेशी सामु आफूलाई समर्पण गर्छौं ,अनि तिमी त्यही देशको देखावटीविरोध गरेर देश भक्त बन्न खोज्छौं त्यसको के अर्थ छ र ?
तिमीले समझ त दुरदराजको यता देश भक्त गरीब किसानको पीडा।उसलेतिमीलाई भेट्न गाह्रो छ तर भेटीहल्यो र तिम्रो सामु आधारभूत विकाशको कुरा राख्दा, तिमी उसलाई हेय दृष्टिले हेर्छौ किनकि उसका लुगा फाटेका हुन्छन, मैला हुन्छन्, उसले तिमीलाई न आज केही दिन सक्छ, न त भोलि नै।

त्यसैले तिमी उसको कुरा सुन्दैनौ, उसलाई सम्मान भावले पनि हर्दैनौं किनकि ऊ सँग तिम्रो जस्तो घर छैन ,तिम्रो जस्तो लगाउने लुगा छैन र तिम्रो जस्तो सडकमा कुद्ने गाडी छैन। बरु तिम्रो दया पलायो भने २/४ सय बाटो खर्च दिएर घर फर्कने बाटो देखाइदिन्छौ तर उसको वास्तविक आवाजलाई बेवास्ता गर्छौ।

अब सोच त ,तिमीले देश र आफूलाई पनि विदेशी सामु त्यही गरीब किसानझैं बनाएका छैनौ र?तिम्रो के इज्जत छ विदेशी सामु?उसले दया नगरे तिम्रो राजनीति सकिन्छ,उसले दया नगरे तिमी खान पाउँदैनौ,उसले दया नगरे तिमी लगाउन पाउँदैनौ,उसले दया नगरे साधन प्रयोग गर्न पाउँदैनौ,उसले दया नगरे विदेश भ्रमणसम्म गर्न पाउँदैनौ। अनि के फरक रह्योर विदेशीको सामु तिमी र तिम्रो सामु त्यो दुरदराजको गरीब नेपाली किसानमा?

फरक त केवल यति हो ,विदेशीले गरीबलाई बरु इज्जत गर्छ, तर तिमीलाई होइन।किनकि ती गरीबले कहिल्यै विदेशीलाई आफ्ना सन्तानका लागि पढ्ने कोटा मागेनन्,राजकीय पद मागेनन्,विदेश भ्रमणको चाँजोपाँजो मागेनन्।तर तिमीले यिनै कुरा मागेर आफ्नो देशलाई आत्मनिर्भर बन्न दिएनौ।त्यसैले अब सोच ,तिम्रो देखावटी आन्दोलन र विदेशीको भरमा चलेको राजनीति कति खोक्रो छ।

साँच्चिकै तिमी देश भक्त हौँ भने खेतको भौतिकरणको मुद्दा उठाउ , चक्लाबन्दीको मुद्दा उठाउ ,भूमि व्यवस्थापन (भूमि बैंक) को मुद्दा उठाउ ,कृषि सेनाको मुद्धा उठाउ ,मलको मुद्दा उठाउ ,सिंचाईको मुद्दा उठाउ ,उत्पादन गर्ने बालीको मुद्दा उठाउ, संकलन केन्द्रको मुद्दा उठाउ ,सुखान केन्द्रको मुद्दा उठाउ,वितरण केन्द्रको मुद्दा उठाउ,रेमिट्यान्स व्यवस्थापनको मुद्दा उठाउ अनि देशमा रोजगार फल्ने छ,नेपाली विदेशीको गुलाम नभई नेपालमै बस्नेछन् ,उत्पादन बढ्ने छ ,विदेशी मुद्रा समेत अर्जित हुने छ। अनि त्यो गरीब किसान तिम्रो घरमा सुकिलो लगाएर आउने छ । अनि तिमी सुकिला सक्षम जनताको नेता बन्ने छौं । तिमीलाई तिनै किसानले पाल्ने छन् देशमा समृद्धि आउने छ । अनि त्यो बेला तिम्रो आवाज विदेशीले समेत एक सक्षम देशको नेताको बोलीमा लिने छन्। त्यसैले बेलैमा देशको आवश्यक मुद्दामा ध्यान देऊ ,जनता अझै बाँकी छन् देशमा ,कमिलाको जत्रो छातीमा विदेशीको दयाले दिएको भिख मात्र अटला, त्यसले तिम्रो समेत कल्याण गरेको छैन र गर्दैन पनि। त्यसैले हात्तीको जत्रो छाति बनाऊ जहाँ सारा नेपालीले विश्वास गरेर दिएको राष्ट्रको ढुकुटी अट्न सकोस् । यसरी नेपाल र नेपाली मुस्कुराउने छन् तिम्रो समेत जयजयकार गर्ने छन् ।

जय कृषि क्रान्ति ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.