समाचार

हेटौंडा फुटबल एकेडेमीलाई फलफूल सहयोग

हेटौंडा फुटबल एकेडेमीलाई फलफूल सहयोग

हेटौंडा । समाजसेवामा सक्रिय संस्था 'सेवा, सहयोग र आवाजमा हामी'ले हेटौंडा फुटबल एकेडेमीलाई फलफूल तथा खानेपानी सहयोग गरेको छ। चितवनको रत्ननगरमा जारी दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हेटौंडा फुटबल एकेडेमीलाई उक्त सहयोग प्रदान गरिएको हो। संस्थाका अध्यक्ष विशालराज महतको नेतृत्वमा बुधबार संस्थाको टोली एकेडेमीको प्रशिक्षण स्थल हेटौंडा–४, हुप्रचौर पुगेर खेलाडीहरूलाई स्याउ, केरा र पानी वितरण गरेको थियो। एकेडेमीले प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर फुटबल क्लबलाई ४–३ को टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ। अध्यक्ष महतले एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई चितवन प्रस्थान गर्नु अघि नै सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए। मकवानपुर जिल्लाबाट बाह्य प्रतियोगितामा सहभागी हुने खेलाडीलाई हौसला…
Read More
‘प्रदेशको पहिचान झल्किने गरी बजेट ल्याउन’ कांग्रेस बागमती प्रदेशको निर्देशन

‘प्रदेशको पहिचान झल्किने गरी बजेट ल्याउन’ कांग्रेस बागमती प्रदेशको निर्देशन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सरकारले आउँदो नीति तथा कार्यक्रम तथा बजेट निर्माण गर्दा प्रदेशको पहिचान झल्किने गरी योजना ल्याउन स्पष्ट निर्देशन दिएको छ। हेटौंडामा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले बागमती प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा आवश्यकता र औचित्यमाथि आधारित भएर नीति तथा कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिएको हो। बैठकले पछाडि पारिएका भौगोलिक क्षेत्र तथा सिमान्तकृत समुदाय, दलित, अल्पसंख्यक, अपाङ्गजस्ता वर्गलाई निशुल्क शिक्षा उपलब्ध गराउने, किसान, महिला र युवालाई रोजगारीमा जोड दिने कार्यक्रम समेटेर बजेट ल्याउन आग्रह गरेको छ। प्रदेशका मुख्यसचिव राजु नेपालका अनुसार बैठकले बागमती प्रदेश सरकारलाई समावेशी र…
Read More
हेटौंडामा सञ्चारमैत्री बजेट निर्माणसम्बन्धी अन्तरक्रिया तथा दोस्रो प्रादेशिक भेला सुरु

हेटौंडामा सञ्चारमैत्री बजेट निर्माणसम्बन्धी अन्तरक्रिया तथा दोस्रो प्रादेशिक भेला सुरु

हेटौंडा । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिकासम्बन्धी अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशद्वारा आयोजना गरिएको दोस्रो प्रादेशिक भेला हेटौंडामा सुरु भएको छ। मंगलबार सुरु भएको दुई दिने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि थिए। कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले विशेष अतिथिका रूपमा सहभागी भएका थिए। मुख्यमन्त्री लामाले लोकतन्त्र र प्रजातन्त्रप्रति सरकारको अटुट विश्वास रहेको उल्लेख गर्दै पत्रकारिता सत्य, तथ्य र सन्तुलित सूचनामा आधारित हुनुपर्ने बताए। उनले कानुन निर्माणमा उच्च सावधानी अपनाउनु पर्ने आवश्यकता औंल्याउँदै व्याख्या गर्ने निकायद्वारा अर्थको तोडमोड हुँदा समस्या…
Read More
१३१ बोतल लागुऔषधसहित हेटौंडा बसपार्कबाट एक युवक पक्राउ

१३१ बोतल लागुऔषधसहित हेटौंडा बसपार्कबाट एक युवक पक्राउ

मकवानपुर । मकवानपुरमा लागूऔषध ONEREX सहित एक युवक पक्राउ परेका छन्। प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका–११ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क नजिक डेरा गरी बस्दै आएका २७ वर्षीय बिकास तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो। जेठ १३ गते बिहान करिब ९:४५ बजे तामाङको डेरा कोठामा प्रहरीले खानतलासी गर्दा दराजभित्र जेब्रा झोलामा लुकाई राखिएको अवस्थामा लागूऔषध ONEREX–100 ML का १३१ बोतल फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीका अनुसार लागूऔषध…
Read More
भन्सार छलि गरी ल्याइएका सामग्री रातोमाटेमा  बरामद

भन्सार छलि गरी ल्याइएका सामग्री रातोमाटेमा बरामद

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा प्रहरीले भन्सार छलि गरी ल्याइएका विभिन्न सामग्री बरामद गरेको छ। जेठ १ गतेदेखि १२ गतेसम्म प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्ग हुँदै वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेका यात्रुबाहक सवारी साधनहरू जाँच गर्ने क्रममा बिल–विजकबिनाका सामानहरू फेला पारेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जाँचका क्रममा लत्ताकपडा, एयरबर्ड्स, खाद्यान्नलगायतका सामानहरू फेला परेका छन्, जसको अनुमानित मूल्य ६ लाख ३१ हजार ८ सय ५० रुपैयाँ बराबरको छ। बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि १२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
Read More
कुमारी मुक्तान भन्छिन्-‘‘कृष्णसेन जस्तै निडर भएर जनताको पक्षमा लेख्नुस्’’

कुमारी मुक्तान भन्छिन्-‘‘कृष्णसेन जस्तै निडर भएर जनताको पक्षमा लेख्नुस्’’

हेटौंडा । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य बागमती प्रदेशसभा सदस्य तथा समाजिक विकास पुर्व मन्त्री कुमारी मुक्तानले पत्रकारहरुले कृष्णसेन (इच्छुक)ले जस्तै साहसी भएर सर्वसाधारणको पक्षमा कलम चलाउनुपर्ने बताएकी छिन् । कृष्णसेन (इच्छुक) को २३ औं स्मृतिमा दिवसका अवसरमा प्रेस सेन्टर मकवानपुरले गरेको अन्तरकृया कार्यक्रममा सम्बोधन गर्दै मुक्तानले यस्तो कुरा बताएकी हुन् । कार्यक्रमकी प्रमुख अतिथी मुक्तानले पत्रकार सेनको सम्झना गर्दै जनयुद्ध जस्तो क्रुर बेलामा पनि आफ्नो ज्यानको पर्वाह नगरी आमजनताको पक्षमा कलम चलाउने निडर पत्रकारको रुपमा सेनलाइ पाएको बताइन् । प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अर्का वक्ता नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरे…
Read More
वेद विद्यालयलाई युनियनको सहयोग

वेद विद्यालयलाई युनियनको सहयोग

हेटौँडा । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडाको संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । प्रेस युनियन मकवानपुरले संसकृत वेद विद्यालयको जगेर्नामा युनियन साथमा भएको आभास होस् भन्ने उदेश्यले खाध्यान्न सहयोग गरेको प्रेस युनियनका मकवानपुर जिल्ला अध्यक्ष सुबास बिडारीले बताए । अध्यक्ष बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागार्इ , पत्रकार महासंघ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, वरिष्ठ पत्रकार प्रताप विष्ट , पत्रकार महासंघ जिल्ला उपाध्यक्ष धुर्ब अधिकारी, वरिष्ठ पत्रकार रामकुमार एलन , समाजसेवी रामकृष्ण थापा लगायतको आतिथ्यता रहेको थियो…
Read More
हेटौंडा–८ मा उधमी महिला कृषक समूहलाई उन्नत जातको बाख्रा वितरण

हेटौंडा–८ मा उधमी महिला कृषक समूहलाई उन्नत जातको बाख्रा वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ नं. वडा कार्यालयको आर्थिक सहयोगमा कर्णावती उधमी महिला कृषक समूहलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ। आर्थिक सशक्तीकरणको उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउने र आयआर्जनका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ। बाख्रा वितरण कार्यक्रममार्फत महिला कृषकहरूलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै उनीहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ। वडा कार्यालयका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कर्णावती समूहका प्रतिनिधिहरूले कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै बाख्रापालनलाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
Read More
हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १९ औँ स्थापना दिवस सम्पन्न

हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १९ औँ स्थापना दिवस सम्पन्न

हेटौंडा । हेटौंडा–२ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार विविध कार्यक्रमसहित आफ्नो १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। मुख्य समारोहमा बोल्दै मन्त्री सिलवालले सहकारी संस्थाहरूलाई उत्पादनमुखी क्षेत्रमा जोडेर ऋण प्रवाह गर्न आवश्यक रहेको बताउँदै यस्ता संस्थाहरू राष्ट्रिय आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठलगायत वक्ताहरूले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे आ–आफ्नो धारणा राखेका थिए। स्थापना दिवसको…
Read More
लेखपानीमा छिट्टै खानेपानी सुविधा पुर्‍याउने उपमेयर बानियाँको प्रतिबद्धता

लेखपानीमा छिट्टै खानेपानी सुविधा पुर्‍याउने उपमेयर बानियाँको प्रतिबद्धता

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित लेखपानी बस्तीमा छिट्टै खानेपानीको सुविधा पुर्‍याउने प्रतिबद्धता हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले व्यक्त गर्नुभएको छ। जीवनज्योति आधारभूत विद्यालयमा आयोजित पर्खाल निर्माण सम्पन्न समारोह तथा शैक्षिक प्रदर्शनी मेला उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर बानियाँले गाग्री बोकेर टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता देखेर आफू भावुक बनेको भन्दै अब उक्त समस्या समाधानतर्फ नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो। "मैले लेखपानीको भौगोलिक अवस्था राम्ररी नबुझेकै कारण पछाडि परेको रहेछ। अब विद्यालयदेखि सुरुवात गर्दै समग्र क्षेत्रको विकासमा जुट्नेछु," उपमेयर बानियाँले भन्नुभयो। साथै, उहाँले बालबालिकालाई आवश्यक पर्ने खाद्यान्नको व्यवस्था बजेटमै समावेश गरेर लैजाने पनि प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा पत्रकार कमलचन्द्र सुमन र मञ्जिता मैनालीलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.