कुमारी मुक्तान भन्छिन्-‘‘कृष्णसेन जस्तै निडर भएर जनताको पक्षमा लेख्नुस्’’

हेटौंडा । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य बागमती प्रदेशसभा सदस्य तथा समाजिक विकास पुर्व मन्त्री कुमारी मुक्तानले पत्रकारहरुले कृष्णसेन (इच्छुक)ले जस्तै साहसी भएर सर्वसाधारणको पक्षमा कलम चलाउनुपर्ने बताएकी छिन् ।

कृष्णसेन (इच्छुक) को २३ औं स्मृतिमा दिवसका अवसरमा प्रेस सेन्टर मकवानपुरले गरेको अन्तरकृया कार्यक्रममा सम्बोधन गर्दै मुक्तानले यस्तो कुरा बताएकी हुन् । कार्यक्रमकी प्रमुख अतिथी मुक्तानले पत्रकार सेनको सम्झना गर्दै जनयुद्ध जस्तो क्रुर बेलामा पनि आफ्नो ज्यानको पर्वाह नगरी आमजनताको पक्षमा कलम चलाउने निडर पत्रकारको रुपमा सेनलाइ पाएको बताइन् ।

प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अर्का वक्ता नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरे पत्रकारिता एड्भर्टाइजिङ्ग बेसमा स्थापित हुँदै गएकोले सच्चिनुपर्ने बताए । कार्यक्रममा विशिस्ट अतिथि नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले आम मानिसको समाचार लेख्न पत्रकार लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रिय सचिव अन्जली थापा, सेन्टरका बागमती प्रदेश अध्यक्ष धुर्ब अधिकारी लगायत पत्रकार सङ्गठनका पदाधिकारी, पत्रकारहरूको उपस्तिथि रहेकोे थियो । सेन्टरले केही महिनामा मकवानपुरको गढी गाउँपालिका स्थित रुद्रबाटिकामा कृष्ण सेन इच्छुकको अर्धकदको मुर्ति राख्ने र ६ जना पत्रकारलाई सम्मान गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.