भन्सार छलि गरी ल्याइएका सामग्री रातोमाटेमा बरामद

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा प्रहरीले भन्सार छलि गरी ल्याइएका विभिन्न सामग्री बरामद गरेको छ।

जेठ १ गतेदेखि १२ गतेसम्म प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्ग हुँदै वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेका यात्रुबाहक सवारी साधनहरू जाँच गर्ने क्रममा बिल–विजकबिनाका सामानहरू फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाँचका क्रममा लत्ताकपडा, एयरबर्ड्स, खाद्यान्नलगायतका सामानहरू फेला परेका छन्, जसको अनुमानित मूल्य ६ लाख ३१ हजार ८ सय ५० रुपैयाँ बराबरको छ।

बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि १२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.