समाचार

हेटौंडा–१५ मा  २५ किसानलाई पाडापाडी वितरण

हेटौंडा–१५ मा २५ किसानलाई पाडापाडी वितरण

हेटौंडा । बागमती प्रदेश सरकार र स्थानीय सुरेशिखर कृषि सहकारी संस्थाको सहकार्यमा हेटौंडा–१५, चुरीयामाईमा सञ्चालन गरिएको पशुपालन (पाडापाडी) प्रवर्द्धन कार्यक्रमअन्तर्गत २५ जना किसानलाई पाडापाडी वितरण गरिएको छ। हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, वडा नं. १५ का वडा अध्यक्ष सुनिल मोक्तानसहितको टोलीले कार्यक्रम स्थलमा पुगेर वितरण कार्यक्रमको अवलोकन गरेका थिए। उक्त कार्यक्रमको पहिलो चरणअन्तर्गत सहकारी संस्थामार्फत हुर्काइएका पाडापाडीहरू किसानहरूलाई हस्तान्तरण गरिएको हो। उपमहानगरपालिकाले किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले पाडापाडी वितरण कार्यक्रम सञ्चालन गरेको जनाइएको छ। नगर प्रमुख लामाले स्थानीय उत्पादन र आत्मनिर्भरता अभिवृद्धिमा यस्ता कार्यक्रमले दीर्घकालीन लाभ पुर्याउने बताइन्। वडा अध्यक्ष मोक्तानले पनि सहकारी र सरकारी साझेदारीमा अझ प्रभावकारी कार्यक्रमहरू…
Read More
हेटौंडा–१४ मा सचेतना मुलक सडक नाटक प्रदर्शन

हेटौंडा–१४ मा सचेतना मुलक सडक नाटक प्रदर्शन

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा समाजमा व्याप्त सामाजिक बेथितीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन भइरहेको सडक नाटक कार्यक्रम अन्तर्गत हेटौंडा–१४ स्थित जनज्योती माध्यमिक विद्यालय परिसरमा प्रभावशाली नाटक प्रस्तुत गरिएको छ। सडक नाटकको अवलोकन नगर प्रमुख मीनाकुमारी लामा, उप–प्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दीपक खड्का, तथा सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले संयुक्त रूपमा गरेका थिए। राष्ट्रिय कलाकारहरूको टोलीले प्रस्तुत गरेको उक्त नाटकमा वैदेशिक रोजगारीका कारण पारिवारिक विखण्डन र समाजमा देखिने नकारात्मक प्रभाव, लागुऔषध दुव्र्यसनले युवामा ल्याउने अवनति, तथा इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न समस्याहरूलाई सशक्त रुपमा प्रस्तुत गरिएको थियो। नगर प्रमुख लामाले समाज रूपान्तरणका लागि यस्ता सचेतना…
Read More
भैँसेमा बेडसोरको समस्याबाट पीडित वृद्धालाई एयर म्याट्रेस

भैँसेमा बेडसोरको समस्याबाट पीडित वृद्धालाई एयर म्याट्रेस

भीमफेदी । लामो समयदेखि बेडसोरको समस्याबाट पीडित ९७ वर्षीया अशक्त वृद्धालाई सहजीकरण गर्न भीमफेदी गाउँपालिका–२, भैंसे स्वास्थ्य चौकी अन्तर्गत प्रशामक सेवा समूहले एयर म्याट्रेस प्रदान गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशामक सेवा टोली, मकवानपुर जिल्ला प्रशामक सेवा टिम, तथा भीमफेदी गाउँपालिका प्रशामक सेवा समूहको समन्वयमा सहयोग प्रदान गरिएको हो। प्रशामक सेवामार्फत घरमै पुगेर स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रयास अन्तर्गत यो कार्य सम्पन्न गरिएको जनाइएको छ। यस सेवाका लागि विशेष समन्वय र प्रेरणा प्रदान गरेको भन्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाप्रति प्रशामक सेवा समूहले विशेष आभार प्रकट गरेको छ। जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित गरिएको यस कार्यले वृद्ध…
Read More
‘सुशानको लागि अवस्था होइन नीति बदलिनु पर्छ’– पूर्वमन्त्री डाक्टर गंगालाल तुलाधर

‘सुशानको लागि अवस्था होइन नीति बदलिनु पर्छ’– पूर्वमन्त्री डाक्टर गंगालाल तुलाधर

हेटौंडा । नेकपा एकीकृत (समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री डाक्टर गंगालाल तुलाधरले देशमा सुशासन आउन नीति परिवर्तन हुनुपर्ने बताएका छन् । नेकपा एकीकृत (समाजवादी) बागमती प्रदेश कमिटीले आयोजना गरेको हेटौंडाको विचार गोष्ठीमा उनले यस्तो कुरा बताएका हुन् । गोष्ठीमा बोल्दै उनले देशबाट राणा साशनको अन्त्य हुँदा पनि जनताले अपमानित भएर बाँच्नुपरेकाे थियो अहिले पनि त्यही अवस्था रहनु दु:खद कुरा भएकाे बताए । ''हेटौंडाबाट ठुला-ठुला क्रान्तिको शुरूवात भएको छ, चाहे त्यो हेटौंडा कपडा उद्योगको क्रान्ति होस, अहिले आएर हेटौंडा सिमेन्ट उद्योग र हेटौंडा अस्पतालको पक्षमा भएको आन्दोलन होस् यस्ता थुप्रैपटक आन्दोलन भएका छन् , अहिले गभर्नरको कुरामा पनि पार्टीले भनेको…
Read More
मकवानपुर गढी पर्यटन विकास समन्वय समितिको अध्यक्षमा न्यौपाने चयन

मकवानपुर गढी पर्यटन विकास समन्वय समितिको अध्यक्षमा न्यौपाने चयन

हेटौँडा । मकवानपुर गढी पर्यटन विकास समन्वय समितिको नयाँ कार्यसमिति चयन भएको छ। शुक्रवार हेटौँडामा सम्पन्न समितिको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले केदार प्रसाद न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा शंकरलाल श्रेष्ठ उपाध्यक्ष, ओकिलराज बानिया सचिव, शंकर बि.सी. कोषाध्यक्ष र अनिल पराजुली सह–सचिव पदमा चयन भएका छन्। त्यस्तै, एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल सदस्य पदमा चयन भएका छन्। समितिको सल्लाहकार तथा संरक्षकमा बद्री प्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देल चयन भएका छन्। कार्यक्रमको उद्घाटन हेटौँडा उपमहानगरपालिका…
Read More
पूर्वपश्चिम राजमार्गका पुलमाथि ओभरलोड ट्रकको दबाव : नारायणी यातायात व्यवसायीको गम्भीर चिन्ता

पूर्वपश्चिम राजमार्गका पुलमाथि ओभरलोड ट्रकको दबाव : नारायणी यातायात व्यवसायीको गम्भीर चिन्ता

हेटौंडा । पूर्वपश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण पुल भाँचिने र राजमार्ग भासिने घटनामा वृद्धि भइरहेकामा नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो अवस्था जारी रहँदा सार्वजनिक यातायात सेवा प्रभावित भएको र यात्रु तथा मालवाहक सवारी साधनले अनावश्यक झन्झट व्यहोर्नुका साथै आर्थिक क्षति बेहोर्नु परेको जनाउँदै चिन्ता व्यक्त गरेको हो। कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले पुल भाँचिनुका पछाडि मुख्यतः क्षमताभन्दा बढी भार बोकेका ट्रकहरू जिम्मेवार रहेको दाबी गर्नुभयो। उहाँले विशेषगरी भारतीय नम्बर प्लेटका मालवाहक गाडीले ओभरलोडिङ गर्दा पुराना तथा मर्मतविहीन पुलहरू भाँचिएको उदाहरण प्रस्तुत गर्नुभयो। गत २०८२ वैशाख…
Read More
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ वार्षिक उत्सव सम्पन्न

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ वार्षिक उत्सव सम्पन्न

हेटौँडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १२औँ वार्षिक उत्सव बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रम बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। उत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सेवा प्रवाहमा नागरिकको अपेक्षा अनुसार ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै राज्यका संरचनाहरू उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बेला आएको बताइन्। उनले हेटौँडामा न्यूनतम १० युनिटसम्मको पानी खपत गर्ने उपभोक्ताको महसुल मिनाहा गरिएको जनाउँदै जनमुखी सेवामा प्राथमिकता दिन आग्रह गरिन्। कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा सब–इन्जिनियर प्रवीण…
Read More
हेटौंडामा पहिलोपटक जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने

हेटौंडामा पहिलोपटक जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने

हेटौंडा । हेटौंडामा पहिलो संस्करणको जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ। मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (बालकुमारी आइकेओ) युनियनको आयोजनामा प्रतियोगिता यही जेष्ठ २४ गते हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न हुने संघले जनाएको छ। संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठका अनुसार, प्रतियोगिताको उद्देश्य युवा पुस्तालाई मानसिक तथा शारीरिक रुपमा सबल बनाउनुका साथै जिल्लामा खेलकुदको विकास गर्नु हो। प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा मकवानपुरको मनहरी गाउँपालिका, बागमती गाउँपालिका र थाहा नगरपालिकाबाट करिब १५० जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगितामा महिलातर्फ ३५ केजी,…
Read More
‘भीमफेदीको बगर’ सार्वजनिक

‘भीमफेदीको बगर’ सार्वजनिक

मकवानपुर । संगीतकार तथा गायक अदित श्रेष्ठको नयाँ गीत ‘भीमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शनिबार सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा श्रेष्ठकै शब्द तथा स्वर रहेको छ। गीतमा संगीत संयोजन याकुब तामाङले गरेका छन् भने होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई याकुब विटस्‌ले मिक्सिङ गरेका हुन्। भिडियोको निर्देशन निर्मलकुमार लामाले गरेका छन् भने छायाङ्कन र सम्पादन सुमित तामाङको रहेको छ। भिडियोमा कलाकारका रूपमा ‘भिमफेदी गाइज’ र मिस तामाङकी विजेता तथा कलाकार रिया लामा देखिएका छन्। म्युजिक भिडियो प्रेममय जोडीको जीवनका मिठा–नमिठा क्षणहरूलाई समेट्दै प्रस्तुत गरिएको छ। सानै उमेरदेखि गायनमा रुचि राख्दै आएका श्रेष्ठका अनुसार यो उनीद्वारा सार्वजनिक…
Read More
मुख्य मन्त्रीलाई एकीकृत समाजवादी मकवानपुरको स्मरण पत्र

मुख्य मन्त्रीलाई एकीकृत समाजवादी मकवानपुरको स्मरण पत्र

हेटौंडा । नेकपा एकीकृत (समाजवादी) जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने मार्फत् स्मरण पत्र बुझाएको छ । आन्तरिक मामिला कानुन मन्त्रालय बागमती प्रदेश को कार्यालय पुगेर समाजवादीका सम्सदिय दलका नेता कृष्णप्रसाद खनालको हातबाट कानुन मन्त्री लामिछानेलाई स्मरण पत्र बुझाइएको हो । एकीकृत समाजवादीले सुशासन र रोजगारी समाजवादको तैयारी भन्ने मुलनाराका साथ देशब्यापी आन्दोलन शुरु गरेको छ त्यसै अन्तरगत बैशाख १९ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमती प्रदेशलाई ज्ञापन् पत्र बुझाएको थियो । समाजवादी बागमती प्रदेशले बुझाएको ज्ञापन् पत्र अर्थिक मन्त्रालय बागमती प्रदेशका मन्त्री कुन्दनराज काफ्लेले बुझेका थिए ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.