हेटौंडा । नेकपा एकीकृत (समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री डाक्टर गंगालाल तुलाधरले देशमा सुशासन आउन नीति परिवर्तन हुनुपर्ने बताएका छन् । नेकपा एकीकृत (समाजवादी) बागमती प्रदेश कमिटीले आयोजना गरेको हेटौंडाको विचार गोष्ठीमा उनले यस्तो कुरा बताएका हुन् ।
गोष्ठीमा बोल्दै उनले देशबाट राणा साशनको अन्त्य हुँदा पनि जनताले अपमानित भएर बाँच्नुपरेकाे थियो अहिले पनि त्यही अवस्था रहनु दु:खद कुरा भएकाे बताए । ”हेटौंडाबाट ठुला-ठुला क्रान्तिको शुरूवात भएको छ, चाहे त्यो हेटौंडा कपडा उद्योगको क्रान्ति होस, अहिले आएर हेटौंडा सिमेन्ट उद्योग र हेटौंडा अस्पतालको पक्षमा भएको आन्दोलन होस् यस्ता थुप्रैपटक आन्दोलन भएका छन् , अहिले गभर्नरको कुरामा पनि पार्टीले भनेको मान्ने चितवन १ नम्बरबाट चुनाव लडेर हारेका विश्व पौडेललाई गभर्नरमा नियुक्ति दिएका छन् । अब उनले कसको काम गर्छन् ?”उनले प्रश्न गरे ।
नेपालमा नव धनाद्द्यको जोडबलमा पौडेल को गभर्नर नियुक्ति भएको बुझिएको छ । यस्ता कुराले देशमा सुशासनको कल्पना गर्न नसकिने तुलाधरले बताए । देशमा समृद्धि ल्याउन कृषि र औद्योगिक क्रान्ति र पर्यटन उद्योगको विकासले सम्भव हुने बताए ।
कार्यक्रममा बोल्दै अनेम संघ समाजवादी केन्द्रिय अध्यक्ष मुनु सिग्देलले अहिलेको सरकार विकासको बाधक बनेको भन्दै यो सरकारबाट सुशासन नआउने आसय ब्यक्त गरिन् । संविधान परिवर्तन गरि जनताको सार्वभौमिकता, मौलिक हक दिलाउनुपर्ने कताहो-कता उल्टै कुन्ठित हुनेगरी वर्तमान सरकारले काम गरिरहेको उनले बताइन् ।
यस्तै विचार गोष्ठीमा वक्ताहरुले यथास्थितिवादको बिरोध गर्दै जनतामा मौलिकहकको प्रत्याभूति दिलाउनुपर्ने कुरामा जोड दिएका थिए ।
पार्टीका बागमती प्रदेश कमिटी उपाध्यक्ष राजु श्रेष्ठको सभाध्यक्षतामा भएको गोष्ठीमा डाक्टर तुलाधरको प्रमुख आतिथ्यता रहेको थियो भने विशिस्ट अतिथिमा अनेम संघ समाजवादी केन्द्रिय अध्यक्ष मुनु सिग्देल, पार्टीका केन्द्रिय सदस्य रामचन्द्र बल, अशोक थापा, पार्वती सिलवाल, जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहाल, चितवन जिल्ला अध्यक्ष नरेन्द्र कन्यङ्गवा, बागमती प्रदेश सदस्य माधव तिमल्सिना, कल्पना विश्वकर्मा, रामेश राई, किशोर ब्लोन (नियोग), बेगम बराल, जिल्ला कमिटी सचीव किशोर बर्तौला, नेकपा माओवादी बिप्लप सिका जिल्ला नेता राम सी लगायतकाको आतिथ्यता रहेको थियो ।