२०८१ श्रावण १८, शुक्रबार १८:०७ गते
२०८१ श्रावण १८, शुक्रबार १८:०७ गते
मकवानपुर । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम लागू औषध चरेश सहित २ जनालाई चुरियामाईबाट पक्राउ गरेको छ । बिहीबार करिब ५ः१० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा १५ चुरीयामाई नजिकै पिपल चौतरास्थित पुर्व पश्चिम सडक खण्डमा हेटौँडाबाट पथलैयातर्फ जादै गरेको ना.६ ख ५८३९ नम्बरको यात्रुबाहक बसबाट जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उक्त बसमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय हरि गौरब र नवलपरासीको पण्डितपुर बनगरिया गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४३ वर्षीय अनिल भर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बसमा सवार उनीहरुलाई शंका लागेपछि बसबाट ओरालेर शरीर…