२०८१ श्रावण २१, सोमबार ०६:०१ गते
२०८१ श्रावण २१, सोमबार ०६:०१ गते
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका १ नम्वर वडा कार्यालयले सामाजिक सुरक्षाभत्ता नविकरण शिविर संचालन गरिरहेको छ । वडाले सेवाग्राही र असक्त नागरिकको सहजताको लागि वडाभित्र सुरक्षाभत्ता नविकरण शिविर संचालन गरेको वडाध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए । वडाध्यक्ष खनालका अनुसार, साउन १५ गतेदेखि संचालन गरिएको ६ दिने शिविर भोलि साउन २१ गते सोमबार सकिनेछ । उनले शिविर बिहानको समयमा मात्रै हुने गरेको बताए । वडाका अन्य सेवाग्राहीलाई असर नपर्ने गरी बिहान ७ बजेदेखि १० बजेसम्म शिविर संचालन भइरहेको र १० बजेपछि कार्यालयबाट अन्य सेवा दिइरहेको वडाध्यक्ष खनालले बताए । हालसम्म वडाको स्कुल गोगनपानी, झुल्याण गोगनपानी, चकरी, मकरी कृष्ण…