हेटौँडामा ४७ जनाले गरे रक्तदान

मकवानपुर । हेटौँडामा आज भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा थानाभर्याङ्गको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

नेपाल इकरात इन्जिनियरिङ्ग कम्पनी प्रा. लि. को समन्वयमा भएको रक्तदानमा प्रहरी, इकरात कम्पनीका कर्मचारीहरु र सर्वसाधारणहरुले रक्तदान गरेका हुन् ।

सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठ को सभाध्यक्षतामा कार्यक्रममा भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.