वेद विद्यालयलाई युनियनको सहयोग

हेटौँडा । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडाको संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । प्रेस युनियन मकवानपुरले संसकृत वेद विद्यालयको जगेर्नामा युनियन साथमा भएको आभास होस् भन्ने उदेश्यले खाध्यान्न सहयोग गरेको प्रेस युनियनका मकवानपुर जिल्ला अध्यक्ष सुबास बिडारीले बताए ।

अध्यक्ष बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागार्इ , पत्रकार महासंघ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, वरिष्ठ पत्रकार प्रताप विष्ट , पत्रकार महासंघ जिल्ला उपाध्यक्ष धुर्ब अधिकारी, वरिष्ठ पत्रकार रामकुमार एलन , समाजसेवी रामकृष्ण थापा लगायतको आतिथ्यता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित गोरक्षश्वर मन्दिर हाताभित्र रहेको संस्कृत वेद विद्यालयमा ४४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.