हेटौंडा–८ मा उधमी महिला कृषक समूहलाई उन्नत जातको बाख्रा वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ नं. वडा कार्यालयको आर्थिक सहयोगमा कर्णावती उधमी महिला कृषक समूहलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ।

आर्थिक सशक्तीकरणको उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउने र आयआर्जनका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ।

बाख्रा वितरण कार्यक्रममार्फत महिला कृषकहरूलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै उनीहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।

वडा कार्यालयका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कर्णावती समूहका प्रतिनिधिहरूले कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै बाख्रापालनलाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.