‘प्रदेशको पहिचान झल्किने गरी बजेट ल्याउन’ कांग्रेस बागमती प्रदेशको निर्देशन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सरकारले आउँदो नीति तथा कार्यक्रम तथा बजेट निर्माण गर्दा प्रदेशको पहिचान झल्किने गरी योजना ल्याउन स्पष्ट निर्देशन दिएको छ।

हेटौंडामा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले बागमती प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा आवश्यकता र औचित्यमाथि आधारित भएर नीति तथा कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिएको हो।

बैठकले पछाडि पारिएका भौगोलिक क्षेत्र तथा सिमान्तकृत समुदाय, दलित, अल्पसंख्यक, अपाङ्गजस्ता वर्गलाई निशुल्क शिक्षा उपलब्ध गराउने, किसान, महिला र युवालाई रोजगारीमा जोड दिने कार्यक्रम समेटेर बजेट ल्याउन आग्रह गरेको छ।

प्रदेशका मुख्यसचिव राजु नेपालका अनुसार बैठकले बागमती प्रदेश सरकारलाई समावेशी र पहिचानमुखी नीति तथा कार्यक्रममार्फत बजेट निर्माण गर्न निर्देशन दिएको हो।

संयुक्त बैठक कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको हो। बैठकमा कांग्रेसबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने मुख्यमन्त्री बहादुरसिं लामा, अन्य मन्त्रीहरू, १३ वटै जिल्लाका जिल्ला सभापति, प्रदेश कार्यसमिति सदस्य तथा प्रदेशसभा सदस्यहरूको उपस्थिति थियो।

बैठकले बजेट निर्माण प्रक्रियालाई प्रदेशको विकास र पहिचानसँग जोड्नेगरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.